काठमाडौँ – संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा गरिएको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहनु भएको छ ।सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा उक्त समितिको घोषणा गर्नु भएको हो ।
छानविन समितिलाई ४ बुँदे कार्यादेश दिइएको छ । कार्यदेशकोमा त्रुटी कसबाट कानुनी कारवाहीको सिफारिसको सुझाब पेश गर्ने लगायतको अधिकार दिएको छ । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।
तपाईको प्रतिक्रिया


