• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अझै चल्दै छन् देशभर चौध अवैध तुइन

  •   बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित

काठमाडौँ, साउन १  । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ ।

१० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । यद्यपि विविध प्राविधिक कारणले तुइन विस्थापित हुन केही ढिलाइ भएको स्थानीय पूर्वाधार विकास विभाग (डोली) अन्तर्गतको झोलुङ्गे पुल शाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) स्मिता शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “१३२ वटा तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ । अहिले दार्चुलाको व्यास र लेकम गाउँपालिकास्थित महाकाली नदीमा १२ वटा तुइन छन् । त्यसै गरी कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन र महाकाली नदीमाथि पञ्चेश्वर घाटमा रहेको तुइन अहिलेसम्म विस्थापित हुन नसकेको हो ।” अहिले सरकारले कहीँ पनि तुइन निर्माणको काम नगरेको स्पष्ट पार्दै उहाँले स्थानीय तह र टोलछिमेक मिलेर पनि तुइन निर्माण गरी जोखिमयुक्त यात्रा गरेको बताउनुभयो ।

सस्पेन्सन ब्रिज डिभिजनका प्रवक्ता प्रेमनारायण बस्यालले नेपाल–भारतबिच सहमति हुन नसक्दा पञ्चेश्वर घाटको तुइन हटाएर मोटरेबल पुल वा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । त्यहाँको तुइन विस्थापित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइए पनि दुई मुलुकबिच सहमति नहुँदा कार्यक्रम नै रद्द गर्नुपर्ने उहाँको भनाइ छ । सहमतिका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

त्यसै गरी अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसक्दा कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन विस्थापित कार्य अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले अहिले सो ठाउँको वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो । त्यहाँको तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्न ठेक्का सम्झौता भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा काम अगाडि बढ्न नसकेको हो । अहिले देशभरिबाट पाँच हजार पाँच सयभन्दा बढी ठाउँमा झोलुङ्गे पुल बनाउन विभागमा प्रस्ताव आएको उहाँले जानकारी दिनुभयो ।

चौध सय झोलुङ्गे पुल

विसं २०२० देखि आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म मुलुकभरि ११ हजार चार सय झोलुङ्गे पुल निर्माण भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रवक्ता बस्यालले जानकारी दिनुभयो । सन् १९०३ मा श्री ३ चन्द्र शमशेरको पालादेखि नेपालमा झोलुङ्गे पुल निर्माणको थालनी भएको थियो । झोलुङ्गे पुल निर्माण भई स्थानीय ग्रामीण भेगका करिब एक करोड ६० लाख जनसङ्ख्या लाभान्वित भइसकेको सस्पेन्सन ब्रिज डिभिजनको दाबी छ ।

सरकारले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रममा तुइन विस्थापनलाई प्राथमिकता दिने उल्लेख गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक सुविधा नपुगेका दुर्गम क्षेत्रमा यातायातलाई सहज तुल्याउन तुइन विस्थापन गर्ने गरी झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताउनुभएको थियो ।

बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.