• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

राउटे संरक्षण गर्न छुट्टै समिति तयार पारिने

  •   आइतबार, साउन ०४, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो ।

पाँच सदस्यीय समितिमा आदिवासी जनजाति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्त्रालयका सामाजिक महाशाखाका सुवर्ण खड्का, दैलेखको गुराँस गाउँपालिकाले तोकेको एक प्रतिनिधि, राउटे समुदायमा काम गरिरहेका हीरासिंह थापा र नगेन्द्र उपाध्याय रहनुभएको छ । कानुन नै बनाएर सरकारले राउटे समुदायको सुरक्षा र मौलिकता संरक्षण गर्न छुट्टै समिति बनाउनु परेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताउनुभयो । राउटे समुदायको संरक्षणका लागि सरकारले गरिरहेका गतिविधिबारे शुक्रबार कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिलाई जानकारी दिन बैठकमा पुग्नुभएका मन्त्री भण्डारीले अबको एक महिनाभित्र राउटेको प्रोफाइल तयार पार्ने, पछिल्लो १० वर्षमा राउटे समुदाय बसोवास गरेको स्थानको पहिचान गरी राउटे कोरिडोर तयार पार्ने र राउटे समुदायको संरक्षणका लागि छुट्टै विधेयकको मसौदा तयार पार्ने गरी समिति गठन गरिएको जानकारी दिनुभयो । राउटे कोरिडोर बनाएर पर्यटक प्रवर्धन गर्ने र नीति नै बनाएर राउटेको मौलिकता पहिचान र संरक्षण गर्ने उहाँको भनाइ छ ।

पछिल्लो समय राउटे बस्तीमा बाह्य नागरिकको खुला प्रवेश, राउटेले अत्यधिक मदिरा तथा सुर्ती सेवन गर्नुले राउटेको मौलिक परम्परा मासिएको र अस्तित्व नै सङ्कटमा पर्न थालेको भन्दै प्रदेश सभाको सामाजिक विकास समितिले राउटे समुदायको क्षेत्रमा चासो देखाएको हो । सामाजिक विकास समितिका पूर्णबहादुर खत्रीले सरकारले नै राउटे समुदायको मौलिक पहिचान जोगाउँदै शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति लिनुपर्ने बताउनुभयो । समितिका सदस्य जितबहादुर मल्लले राउटे समुदायको कला, संस्कृति र पहिचानलाई जोगाउँदै कानुन नबन्दासम्म सरकारले नै राउटे समुदायका लागि शिक्षा, स्वास्थ्य र सुरक्षा जस्तो आधारभूत कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

समितिका अर्का सदस्य इन्दाकुमारी शाहीले राउटे समुदायको संस्कार र संस्कृतिको जगेर्नासँगै सरकारले उनीहरूको जीविकोपार्जनका लागि गम्भीर बन्नुपर्ने बताउनुभयो । त्यस्तै जुम्कित लामा, मिलन खड्का, रणसिंह परियारले राउटे समुदायमा बढ्दै गएको परनिर्भरतालाई हटाउन सरकारले राउटे समुदायका सामग्री खरिद र बजारीकरण गरिदिनुपर्ने, मादक पदार्थ जस्ता कुलतको न्यूनीकरणका लागि हस्तक्षेप गराउनुपर्ने र बिरामी हुँदा उपचार गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो । साथै राउटे समुदायको संरक्षणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुझाव दिँदै राउटे समुदायको धर्म, संस्कृति, भाषालगायतका विविधि क्षेत्रको बृहत् अध्ययन र अनुसन्धान गर्न पनि समितिमा सुझाव दिइएको छ ।

आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.