• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ललितपुरमा एआई काठमाडौँमा ट्राफिकलाई भ्याइ नभ्याइ

  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित

ललितपुरका मुख्य सडक चोक जावलाखेल, पुलचोक दमकलचोक, एकान्तकुना, भैँसेपाटीमा खटिने ट्राफिक प्रहरीलाई आजभोलि आराम मिलेको छ । सिंहदरबार–ललितपुरस्थित मन्त्रीनिवासमा मन्त्री तथा विशिष्ट व्यक्तिको दैनिक ओहोरदोहोर र अन्य सवारीको चाप व्यवस्थापनमा खटिनुपर्ने ट्राफिक प्रहरीको बोझ ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले हटाइदिएको छ ।

कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले सवारीको चाप हेरेर बाटो बन्द गर्ने र खुलाउने काम स्वचालित रूपमा गर्न थालेपछि ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउने, सिठी फुक्नुपर्ने बाध्यता हटेको हो । ललितपुर महानगर सुरक्षा बल प्रमुख सीताराम हाछेथुका अनुसार मुख्य आठ स्थानमा जडान गरिएका स्मार्ट ट्राफिक लाइट सिस्टमलाई सवारीको चाप भएको दिशातर्फ हरियो र कम भएतर्फ रातो बल्ने गरी जडान गरिएको छ ।

‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानपछि सवारी दुर्घटनाको दरसमेत निकै कम भएको अनुभव सुनाउँदै हाछेथु भन्नुहुन्छ, “पहिला भिआइपी सवारी देख्नासाथ रातो होस् कि हरियो, उहाँहरूको सवारी खुलाउनै पथ्र्यो, तलमाथि भएमा जागिरकै डर हुन्थ्यो, अहिले सबै काम स्मार्ट ट्राफिक लाइटले गर्न थालेपछि मन्त्री र भिआइपीसमेत रातो बत्तीमा रोकिन थाल्नुभएको छ ।’’

हाछेथुका अनुसार स्मार्ट ट्राफिक लाइटमा बढीमा ३० देखि ४० सेकेन्डमा रातो बत्ती हरियो हुने भएका कारण पैदलयात्री र सवारीचालकलाई पट्यार नलाग्ने र आवतजावत निकै सहज हुने गरेको छ । ललितपुर महानगरपालिकाले यस वर्ष ग्वार्को, बल्खु, सातदोबाटोलगायतका थप तीन स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

यससँगै भेइकल डिटेक्टर मेसिन जडान गरी सडकमा सवारीसाधन सङ्ख्या गणना गरेर तत्काल सर्भरलाई जानकारी गराउने व्यवस्था छ । कार्यालय समयमा काठमाडौँतर्फका सवारीले ट्राफिक लाइटमा धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा भने बढीमा एक मिनेट पर्खिनुपर्ने गरी सञ्चालन गरिएको छ । स्वचालित लाइट परम्परागतभन्दा फरक र सजिलो रहेको र यसले भेइकल डिटेक्टर गरी सवारीसाधनको नम्बर तथा विवरण रिड गर्ने र कुन दिशातर्फ कति टाइमिङ चाहिने हो, आफैँ सेट गर्छ । यस्तो प्रविधि नेपालमा पहिलो रहेको ललितपुर महानगरको दाबी छ ।

काठमाडौँमा ट्राफिकलाई भ्याइ नभ्याइ

उपत्यकाका विभिन्न ६७ मुख्य सडक चोकमा जडान गरिएका ट्राफिक लाइटमध्ये ४२ वटाले मात्र काम गर्छन् । २५ स्थानका ट्राफिक लाइटले काम गर्दैनन् । यी ट्राफिक लाइट मर्मतका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको ट्राफिक प्रहरीको गुनासो छ ।

पुरानो प्रविधिका यी ट्राफिक लाइट एउटै गतिमा रातो र हरियो बल्ने हुनाले अफिस तथा सवारी चाप हुने समयमा सवारी अस्तव्यस्त हुने गरेको छ । जसका कारण अधिकांश समय यी बत्ती बन्द गरी ट्राफिक प्रहरीले हात हल्लाएरै सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार सवारी व्यवस्थापनमै उपत्यकामा मात्र दैनिक एक हजार सात सय ट्राफिक प्रहरी परिचालन गरिँदै आएको छ । सवारी चापका कारण कोटेश्वर, भद्रकाली सिंहदरबार पुतलीसडक, कमलादी, कलङ्की, नयाँ सडक, दरबारमार्ग केशरमहल, लैनचौर, त्रिपुरेश्वर, कालीमाटी, जडीबुटी, चाबहिल, महाराजगन्ज, माइतीघरदेखि तीनकुनेसम्म, जयनेपालदेखि थापाथलीसम्म, दक्षिणढोकादेखि कमलपोखरी हुँदै भद्रकालीमा रहेका ट्राफिक लाइट अक्सर बन्द गरी इसाराका भरमा सवारी व्यवस्थापन गरिँदै आएको छ ।

बढ्दो सवारी चापलाई व्यवस्थापनका लागि प्रविधिको प्रयोग अत्यन्तै महत्वपूर्ण हुने बताउँदै गिरी भन्नुहुन्छ, “कुन चोकमा सवारीको चाप कति छ ? कता खुलाउने कता रोक्ने ? भन्ने हामी आफैँले भन्दा प्रविधिको प्रयोगमार्फत भए सहज र विश्वसनीय हुन्थ्यो ।”

स्मार्ट लाइटको योजना अलपत्र

सडक पूर्वाधारको जिम्मेवारी बोकेको सडक विभागले काठमाडौँ उपत्यकाका मुख्य स्थानमा दुई वर्षअघि ‘इन्टेलिजेन्स ट्राफिक लाइट सिस्टम’ जडान गर्ने घोषण गरे पनि अझै कार्यान्वयन हुन सकेको छैन । सवारी चापअनुसार स्वाचालित रूपमा चल्ने यस्ता ट्राफिक बत्ती जडान गर्ने र ट्राफिक प्रहरीले सडकबाट नभई कन्ट्रोल रुमबाट अनुगमन गरिने योजना कार्यान्वयन भए अहिलेको सवारी चाप निकै कम हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले विद्यालय तथा कलेज रहेको स्थानमा ‘पुस बटन’ दबाएपछि पैदलयात्रुका लागि हरियो बत्ती बल्ने र सवारीसाधनतर्फ रातो बल्ने गरी प्रविधि जडान गरे पनि थप विस्तार हुन सकेको छैन । गत आर्थिक वर्षमा काठमाडौँमा २६ वटा चोकका ३७ ठाउँमा आधुनिक ट्राफिक लाइट जडान गर्ने योजनासमेत कार्यान्वयन हुन सकेको छैन ।

सडक विभागका प्रवक्ता इन्जिनियर प्रभातकुमार झाले देशभरका मुख्य सडक चोकमा जडान भई सञ्चालनमा नरहेका ट्राफिक लाइटको मर्मत र नयाँ जडानका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । प्रवक्ता झाले भन्नुभयो, “सडक विभागले एआई जडित ट्राफिक लाइट जडान र इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम जडान गर्नेबारे अध्ययन गरिरहेको छ ।”

शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.