• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

मृत भेटिकएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्येष्टि

  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित

खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्येष्टि गरेको पाइएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, छोरम्बु सापतेलका नवराज बस्नेतका छोरी र छोरा बिहीबार राति मृत भेटिएका थिए। प्रहरीलाई जानकारी नगराई शुक्रबार बिहान छोराछोरीको अन्त्यष्टि गरिएको खुलेको हो।

साउन २२ गते बिहीबार घरबाट हराइरहेका १० वर्षकी छोरी र चार वर्षको छोरा जङ्गलमा मृत भेटिएका थिए। सँगै हराएका अन्य चार जना बच्चा भने सकुशल भेटिएको पूर्व वडाध्यक्षसमेत रहनुभएका स्थानीय इन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो। भीरबाट लडेर मृत अवस्थामा भेटिएका उक्त दुई बच्चाको शुक्रबार अन्त्येष्टि गरिएको उहाँको भनाइ छ। यता प्रहरीलाई भने घटनाको केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार उक्त घटनाको विषयमा प्रहरीलाई कुनै जानकारी थिएन। जानकारी पाउनासाथ घटना स्थलबाट नजिकै रहेको दिप्रुङ चुइचुम्मा प्रहरी चौकीबाट प्रहरी खटाएर बुझ्दा घटना घटेको पाइएको मिश्रले बताउनुभयो। उक्त घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ। मृत भेटिएका बालबालिकाको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम नगरी गाउँले मिलेर अन्त्येष्टि गरेको पाइएको हो।

मृतक बालबालिकाका बुवा नवराज बस्नेत शान्ति निकेतन मावि छोरम्बु सापतेलका कार्यालय सहयोगीको रूपमा कार्यरत हुनुहुन्छ। श्रीमतीले अर्कै बिहे गरेपछि दुई छोरी र एक छोरासहित नवराज घरमा बस्दै आउनुभएको थिाये। प्राय सधैं छोराछोरी विद्यालयसँगै लिएर जाने नवराजले बिहीबार भने घरमा डिसहोम जडान गरेकाले ढिलाहुँदा छोराछोरीलाई आउँदै गर्नु भनेर विद्यालय एक्लै जानुभएको थियो। तर, सो दिन विद्यालय नपुगेका छोराछोरी घरमा नभेटेपछि खोज्दैजाँदा जङ्गलमा मृत भेटिएको बताइएको छ।

नवराजका दुई छोरी र एक छोरासहित छिमेकीकाका तीन छोरी हराएका थिए। उनीहरू साप्सु खोला तरेर थ्रि स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ। घर फर्किँदा बाटो बिराएर उनीहरू वडा नम्बर २ स्थित खमारे भन्ने ठाउँमा पुगेका थिए। खमारेबाट एक व्यक्तिले बाटो चिनाइदिएपछि उनीहरू सापतेलतीर लागेका थिए। तर, घर नपुगेपछि खोज्दै जाँदा बुवा नवराजले आफ्ना दुई सन्तान मृत भेटेका हुन्। बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै जाँदा खरुवा खोलामा जेठी छोरीको शव भेटिएको थियो। त्यसपछि विद्यालयका प्रधानाध्यापक लगायत गाउँलेलाई बुवा नवराजले खबर गरेको स्थानीय बस्नेतले बताउनुभयो। छोरीको भन्दा केही माथि छोराको पनि शव भेटिएको उहाँको भनाइ छ ।

नवराजकै माइली छोरीसहित अन्य तीन जना बच्चा भने बाटोमुनि ओढारमा भेटिएका थिए। सँगै आइरहेका साथी एक्कासी पछाडि नदेखिएपछि उनीहरू पनि खोज्दै फर्किएको तर नभेटेपछि आफुहरू अलपत्र परेर बसेको बताएका थिए। बिहीबार राति करिब ८ बजेको समयमा आफ्नै बुवाले मृत भेटेका बच्चाहरू रातभरि गाउँलेले त्यही रुँगेर शुक्रबार छोरम्बु ल्याएर दाहसंस्कार गरिएको बस्नेतको भनाइ छ। लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरिएको गाउँलेले बताएका छन् ।

शनिबार, साउन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.