• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सुटकेसभित्र भेटिएको साहको घटना असाधारण, पोस्टमार्टममा समेत शङ्कास्पद वस्तुहरु फेला

  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित

सुटकेसभित्र कोचिएको अवस्थामा भेटिएको साहको घटना साधारण हत्या मात्र नभई योजनाबद्ध अपराध भएको आशंका गरिएको छ ।

रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी साहको शव गौर गङ्गा पिपरा सडक खण्डअन्तर्गत मुडवलावा गेट नजिक सुटकेसभित्र कोचिएको अवस्थामा शनिबार राति भेटिएको थियो । घाँटीमा डाम, टाउकोमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा शव प्याक गरिएको थियो । पोस्टमार्टममा समेत केही शङ्कास्पद कुराहरु देखिएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

शनिबार दिउँसो २ बजे काजल ब्युटिपार्लर जानका लागि डेराबाट निस्केकी रुबीकुमारी साह कहिल्यै घर नफर्किने गरी सदाका लागि बिदा हुनुभयो । रुबीले तीज र चौरचनका लागि आइतबार ससुराली भारत जाने तयारी गर्नु भएको थियो ।

साँझको ६ः३० बजे घर आउँदैछु भनेकी छोरी नआएपछि ५९ वर्षीया आमा मिथिलेश देवीले करिब ७ बजे फोन गर्दा सुरुमा फोन उठेन र त्यसपछि स्विच अफ भएको मोबाइल अहिलेसम्म अन भएको छैन । रुबीको शव भेटिए पनि मोबाइल फोन फेला परेको छैन । रुबीले प्रयोग गर्ने नेपाली नम्बर ९७०५४९९३३५ र भारतीय नेटवर्क कम्पनी एयरटेलको नम्बर ७२५००५४०६६ आइतबार १२ बजेतिर केही बेरका लागि अन भए पनि पछि अफ भएको प्रहरीले गरेको कल ट्रेसले देखाएको छ ।

रुबीको विवाह १२ वर्षअघि भारतको मुजफ्फरपुर रक्साका शिव सागर साहसँग भएको थियो । रौतहट गौर–२ महादेवपट्टीमा डेरा लिएर बस्दै आउनुभएकी आमा मिथिलेश देवीकहाँ चार वर्षीय छोरासँगै रुबी केही समयदेखि बस्दै आउनुभएको थियो ।

रुबीका भिनाजु राजन महतोका अनुसार रुबीको बिहे अघि प्रेम सम्बन्ध रहेको र उनकै प्रेमीले हत्या गरेको आशङ्का गर्नुभएको छ ।

बिहे अघिदेखिको प्रेमी केही दिन अघि मलेशियाबाट आएको र एयरपोर्टबाट आउँदै गर्दा राखेको भिडियोमा रहेको सुटकेस नै शव राख्न प्रयोग गरेको उहाँको आरोप छ । उहाँका अनुसार प्रेमीको टिकटक आइडि shiwark3 मा देखिएको सुटकेशसँग हत्यामा प्रयोग गरिएको सुटकेस मेल खाने भएकाले शङ्का जाने निश्चित छ, अर्कोतिर बिहेपछि पनि रुबी र प्रेमीको फोनमा कुरा हुने, फेसबुक म्यासेन्जरमा कुरा हुने लगायतका प्रमाणका आधारमा प्रेमीले नै हत्या गरेको दाबी भिनाजुको छ ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार विभिन्न तरिकाले अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । यहाँबाट मात्र सम्भव नदेखिएर काठमाडौँबाट समेत सिआइबीको टोली मगाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले गौरका विभिन्न ठाउँका सीसीटीभी फुटेज सङ्कलन गरिरहेको छ भने काजल ब्युटी पार्लर सञ्चालिका र परिवारका सदस्यसँग बयान लिने क्रम जारी राखेको छ ।

रुबीको पोस्टमार्टम भई शव परिवारको जिम्मा लगाइएको प्रादेशिक अस्पताल गौरका डा. घनश्याम ठाकुरले जानकारी दिनुभयो ।

सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.