काठमाडौं , भाद्र २४
‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा सोमबार १९ जनाको मृत्यु भए सगै खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
उनले भनेका छन्,‘प्रिय युवा भाइ बहिनीहरू तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सुत्रधार हुनुहुन्छ । हिजो ‘जेन जी’ युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’
यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका छन् । जेनजीको आन्दोलन चर्किएसँगै मंगलबार उनले पदबाट राजीनामा दिएका हुन् ।यस अघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदबाट राजीनामा दिएका छन् ।



