• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

जेन जी आन्दोलनका शहीदहरुको राष्ट्रिय सम्‍मानकासाथ अन्त्येष्टि

  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित

काठमाडौँ- जेन जी आन्दोलनका क्रममा निधन भएका युवाहरुको राष्ट्रिय सम्‍मानकासाथ अन्त्येष्टि गरिएको छ ।शिक्षण अस्पताल महाराजगंजबाट सुरु गरिएको शवयात्रा पशुपति आर्यघाटमा पुगेपछि शहिदहरुप्रति सलामी अर्पण गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्‍मानकासाथ अन्त्येष्टि गरिएको हो ।जेन जी आन्दोलनमा निधन भएकालाई सरकारले शहिद घोषणा गर्दै असोज १ गते बुधबार भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विहानैदेखि कलिला युवाका आफन्त र परिवारका सदस्यहरु भेला हुनुभएको थियो । आन्दोलनका क्रममा मृत्यु भएकाहरुको शव पोष्टमर्टमका लागि शिक्षण अस्पतालमा राखिएको र त्यहीँबाट शवयात्रा सुरु गरिने भएपछि मृत युवाहरुका आफन्त अस्पतालमा भेला हुनुभएको हो ।

सुन्दर भविष्यको सपना जेन जी आन्दोलनका क्रममा समाप्त भएपछि मृतकहरुको परिवारका सदस्यहरुको रोदनले अस्पताल परिसर नै शोकाकुल बनेको थियो । ८ दिनदेखि बगेको आँशु आज पनि थामिएन, बगि नै रह्यो । १३ देखि २८ वर्ष उमेर समूहका युवा पुस्ता जेनजीले आव्हान गरेको भदौ २३ गतेको आन्दोलनमा गोली लागेर भर्खरका युवाहरुको शहादत भएपछि परिवार र आफन्तहरुमात्र होइन, धेरैको आशुँ युवाहरुको अन्त्येष्टिसंगै बगेको छ ।

शहादत प्राप्त गरेका युवाहरुको पार्थिव शरीरलाई शवयात्रासहित राष्ट्रिय सम्‍मानकासाथ अन्त्येष्टि गरिएको छ । शिक्षण अस्पताल महाराजगंजबाट शुरु भएको शवयात्रा अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म भएको थियो ।शव यात्रा पशुपति आर्यघाटमा पुगेपछि वन कालीतर्फको मण्डपमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको हो ।

सशस्त्र प्रहरीले अर्पण गरेको सलामीसहित शहिदहरुलाई राष्ट्रिय झण्डा ओढाएर सम्‍मानका साथ अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सम्मान प्रकट गर्न आफन्त र शुभचिन्तकहरुसहित सर्वसाधारणको उपस्थिति रहेको थियो । ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झण्डा ओढाएर शहिदहरुप्रति सम्‍मान प्रकट गर्नुभयो ।

आन्दोलनमा शहादत प्राप्त गरेका १० शहीदको पार्थिव शरीरसहित अस्पताबाट सुरु गरिएको शवयात्राले नगर परिक्रमा थियो । १० मध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरियो भने बाँकी ६ जनाको पार्थिव शरीर सेनाको हेलिकप्टरबाट जन्मथलो पठाउने व्यवस्था गरिएको छ ।

जेन जी आन्दोलनमा निधन भएकालाई सरकारले शहिद घोषणा गर्दै असोज १ गते बुधबार अर्थात भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । यसैगरी शहिदका परिवारलाई जनही १० लाख रुपैया राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।

शहिद परिवारलाई दिइने रकम अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासनबाट उपलब्ध गराइने गृहमन्त्री ओमप्रकाश अर्यालले दिनुभएको छ । यसैगरी घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था सरकारले गरेको छ । आन्दोलनमा शहिद भएकाहरुको सम्झनामा शहिद स्मृति पार्क बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनामा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १६ जना घाइते भएका छन् । घाइतेमध्ये अस्पतालमा २ सय ८३ जना उपचार गराइरहेका छन् ।

मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.