काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाइएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको हो।
शाक्यलाई हटाएर उनको ठाउँमा प्राधिकरणकै पूर्वउपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो।
तपाईको प्रतिक्रिया


