काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ ।सिंहदरबारबाट आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसद्बाट गर्न आग्रह गर्दै जेनजी समूहको आन्दोलनको मर्म र भावनाबमोजिम सरकार सञ्चालन गरिरहेको सरकारलाई सहयोग गन सबैसँग आग्रह गर्नुभयो । उहाँले चालु आर्थिक वर्षअन्तर्गतका स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका नाममा विनियोजित बजेट खारेज गरिएको जानकारी गराउँदै क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गरिएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले परिवर्तित स्थितिमा मनोबन गिराउने खालका काम नगर्न र रुपान्तरित भएर सेवाप्रवाह गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीसँग अपिल गर्नुभयो ।
यस्तै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा जुटन र सहभागी हुन सवैमा आग्रह गर्नु भएको छ । कार्कींले सवै राजनीतिक दल, नागरिक सबैलाई निर्वाचनमा सहभागी हुन र संविधान संशोधनका लागि संवैधानिक विधि अपनाउन आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको मुल लक्ष्य चुनावमा रहेको भन्दै त्यसका लागि भइरहेको तयारीका बरेमा समेत जानकारी गराउनु भयो । उहाँले रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा पनि निर्वाचन आयोगसँग परामर्श भइरहेको बताउनु भयो ।
जेन जीले शुशासनका साथै शासकीय प्रणालीका विषयमा आवाज उठाएको भएपनि प्रधानमन्त्री कार्कीले भने शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले ले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आग्रह गर्नु भयो ।
सम्बोधनको क्रममा प्रधामन्त्री कार्कीले वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको भन्दै यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने समेत उल्लेख गर्नु भयो ।


