काठमाडौं , असोज १८
आज बिहान खसेको पहिरोको कारण मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया


