• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सरकार ‘ओली र लेखक’लाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर लागि परेको छ: ओली

  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित

काठमाडौँ- एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केपी ओली र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर लागि परेको बताउनु भएको छ ।

आज भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो सरकार कुनै संविधान अन्तर्गत नबनेको र यसको ध्यान आफुहरुलाई प्रकाउ गर्न लागि परेको बताउनुभएको हो ।

‘मैले अस्ति पनि भनेँ, यो जसरी बन्यो मैले संक्षेपमा भनेको छु सरकार हा हुँबाट बनेको सरकार हो, त्यसको अलि व्याख्या गरेको छैन। समयमा पछि गरुँला। ‘यो सरकार कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अरु कसैको भए मलाई थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ।’ ओलीले भन्नु भयो ।

उहाँले प्रधानमन्त्री शुसीला कार्की नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे भएको भन्दै ओलीले भन्नुभयो ”उहाँले व्याख्या गर्नुभयो त्यो छोडौं तर नेपालको संविधानले स्पष्ट रुपमा भन्छ। प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न नमिल्ने ओलीको भनाइ छ ।

अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो । ओलीले भन्नु भयो । विघटित संसद पुनस्थपना गर्ने बाहेक अर्को बाटोमा आफुहरु अघि नबढने बताउँदै अन्य दलहरुलाई पनि यहि बाटोमा आउन आग्रह गर्नु पर्यो ।

संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन-जी बनेर सडकमा उत्रिएको भन्दै  वर्तमान सरकार एउटा खास उद्देश्यले काम गरिरहेको आरोप उहाँले लगाउनु भयो ।  पासपोट रोक्ने रे ! मलाई काठमाडौं छोड्न नपाउने रे, यो सडक तमासा नभए के हो ?’ ओलीको प्रश्न थियो ।

सुशीला कार्कीको डरले केपी ओली नभाग्ने  बताउनु हुँदै उहाँले अहिलेका गृहमन्त्रीलाई धेरै नचम्किन आग्रह गर्दै  गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको बताउनु भयो ।उहाँले आफ्नो सम्पत्ति एक पटक होइन १० पटक छानविन गर्न आग्रह गर्नु भयो ।

‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’ प्रश्न गर्दै ओलीले गजबको नाटक गरिएको बताउनु भयो ।

ओलीले आयोगमा पूर्वाग्राही मान्छेहरु छानविन आयोगमा राखिएको भन्दै त्यस्ता प्रतिनिधिले रहेको आयोगले तयार गरेको प्रतिवेदन एमालेलाई मान्य नहुँने स्पष्ट पार्नु भयो ।

बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • २.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ३.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ४.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ८.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.