• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

केही निर्वाचन क्षेत्रमा चुनावी सहकार्य हुनसक्छ : नेता बादल

  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित

काठमाडौँ, माघ २१ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’ ले निश्चित केही निर्वाचन क्षेत्रमा लोकतान्त्रिक शक्तिबिच चुनावी सहकार्य हुनसक्ने बताउनुभएको छ ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा आज नेकपा (एमाले) को तर्फबाट पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनु हुँदै तर त्यस विषयमा निर्णय हुन बाँकी रहेको बताउनुभयो । ‘देश जलाउने र देश बनाउने’ पक्षबिच मुख्य लडाइ अहिले रहेकाले देश बनाउन चाहने लोकतान्त्रिक शक्तिबिच चुनावी सहकार्य हुने अवस्था बन्नसक्छ, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) विरुद्ध, एमाले नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा व्यापक प्रहार भइरहेको बताउँदै उहाँले प्रविधिको दुरुपयोग गरी एमालेको झण्डा समेत दुरुपयोग भएकाले त्यसविरुद्ध एमालेले कानुनी उपचार खोज्ने बताउनुभयो । “देशको मुख्य पार्टी र नेतृत्वलाई सखाप पारेर देश कब्जा गर्ने षडयन्त्र भइरहेको छ, त्यसको डटेर सामना गर्न लोकतान्त्रिक शक्तिबिचको सहकार्य र एकता अनिवार्य छ” नेता बादलले भन्नुभयो, “एमालेलाई सखाप पार्ने अभियान चलिरहेको छ, त्यसको सामना हामी जनताको साथ लिएर गर्ने छौं ।”

प्रतिगमनलाई वैधता दिने प्रयास भए पनि त्यसलाई जनताले परास्त गर्ने विश्वास व्यक्त गर्नुहुँदै नेता बादलले भन्नुभयो, “सर्वोच्च अदालतले समयमै निर्णय नगर्दा देशले निकास पाउन ढिलो भएको छ । न्यायालयले निर्णय दिन ढिलो गर्नु भनेको प्रतिगमनलाई फाइदा पुग्नु हो ।”

प्रतिगमन परास्त गर्छौं 

विघटित संसदको पुनःस्थापना फागुन २१ पछि गर्ने प्रपञ्च भइरहेको बताउँदै उहाँले प्रतिगमनको घेराबन्दी तीब्र भए पनि जनता त्यसबारे सचेत हुन थालेको उहाँले बताउनुभयो । ‘घेराबन्दी भत्किदै गएको छ, चुनावसम्म त्यो धेरै भत्किसक्छ’ उहाँले भन्नुभयो, “जेनजी युवाहरूको आवरणमा नेकपा (एमाले), एमाले नेतृत्वलाई सखाप पार्ने षडयन्त्र भएको छ, स्वाभिमानी देशभक्त ओलीलाई किनारा लगाएर देशको नेतृत्व गर्छु भनेर सपना देख्नेहरूलाई जनताले परास्त गर्नुपर्छ ।”

नेकपा (एमाले) ले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुहुँदै उपाध्यक्ष बादलले भन्नुभयो, “समाजवादको आधार निर्माण हाम्रो प्रमुख लक्ष्य हो, चुनावी घोषणापत्र पनि त्यसैलाई आधार बनाएर ल्याउने छौं ।”

एमालेको नेतृत्वमा सरकार भएको बेला आर्थिक वृद्धिदर ७ प्रतिशतले वृद्धि भएको र सरकारले निरन्तरता पाएको भए त्यसलाई वृद्धि गरी १० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताउँदै उपाध्यक्ष बादलले देश बनाउने शक्तिलाई विभिन्न बहानामा चौतर्फी घेराबन्दी भएको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले एमालेको तर्फबाट १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिइएको बताउनुभयो । रुकुमपश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्मालाई र मनाङमा प्राविधिक कारणले एमालेको उम्मेदवारी नपरेको उहाँले बताउनुभयो ।

अवाञ्छित गतिविधि रोक्न माग

निर्वाचन प्रक्रिया अन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधि, प्रचार–प्रसारका शैलीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । “प्रविधिको प्रयोग गैरजिम्मेवार र गैर राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ” पत्रकार सम्मेलनपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ, “विभिन्न राजनीतिक दल, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्दै आएको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

पार्टी र पार्टी नेतृत्वप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै एमालेले भनेको छ, “यस्ता असभ्य, गैर राजनीतिक र आपत्तिजनक अभिव्यक्तिको कडा शब्दमा भर्त्सना तथा निन्दा गर्दछौं । यस्तो गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौं ।”

शान्ति सुरक्षा निर्वाचनको प्रमुख आधार भए पनि सरकारले अझै शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको एमालेको आरोप छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी अवाञ्छित गतिविधि र भडकाउपूर्ण व्यवहारप्रति निगरानी बढाउन एमालेले सरकारसँग आग्रह गरेको छ ।

बुधबार, माघ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को
‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता
शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • २.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ३.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ४.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ५.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ६.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

  • ७.
    कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

  • ८.
    विजय बरालको चोटपछि रोकिएको ‘सिन्दुरे जात्रा’को सुटिङ सकियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.