• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

बन्चरेडाँडा ल्यान्डफिल साइट : पटक पटक सहमति समस्या जस्ताको तस्तै

  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ ९ गते । बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबिच पटक पटक सम्झौता भए पनि बर्सौंदेखि समस्या ज्युँका त्युँ छन् । कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आएका छन् । भएका सहमति कार्यान्वयनमा बेवास्ता, स्रोतमा फोहोर नछुट्याइनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो ।

फोहोर पु-याउन हुने अवरोधपछि छुट्टाछुट्टै समयमा सानाठुला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन् तर कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । २०६२ जेठ ६ देखि नुवाकाटेको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको हो । त्यसयता स्थानीयले गर्ने अवरोध हटाउन १७५ भन्दा बढी सहमति भइसकेका छन् ।

वर्तमान सरकारले पनि बन्चरेडाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल सुरु गरेको छ । केही दिनअघि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोरमैला व्यवस्थापनविज्ञ तथा बन्चरेडाँडा फोहोरमैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागितामा छलफल गर्नुभएको छ । मन्त्री तिमिल्सिनाले ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोरमैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल सुरु गरेको बताउनुभएको छ ।

ललितपुर महानगरका प्रमुख तथा काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकाको फोहोर सो ठाउँमा अव्यवस्थित रूपमा थुपारेर बन्चरेडाँडा क्षेत्रका जनतामाथि अपराध नै गरिएको बताउँदै सो ठाउँका जनता र वातावरणमा असर नपुग्ने गरी वैज्ञानिक पद्धति अपनाएर फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । उपत्यकाका पालिकाहरूको संयन्त्र बनाएर बन्चरेडाँडा सञ्चालनको जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याउन नसक्दा चार वर्षमा बन्चरेडाँडा ल्यान्डफिल साइट ६० प्रतिशत पुरिएको छ । फोहोर व्यवस्थापनको अहिलेको अवस्थालाई सच्याइएन भने अबको दुई÷तीन वर्षमा नै ल्यान्डफिल साइट भरिन्छ । त्यसपछिको अवस्था झन् विकराल हुन सक्छ । यस विषयमा अविलम्ब ध्यान दिनु प-यो ।”

आफैँ व्यवस्थापन गरौँ 

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले समस्या समाधानका लागि उपत्यकाका सबै पालिकाले आआफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । फोहोर व्यवस्थापनमा समस्या आयो कि काठमाडौँ महानगरपालिकाको जिम्मेवारी हो भन्ने बुझाइका कारण पनि हरेक वर्ष समस्या हुँदै आएको उहाँको भनाइ छ । बन्चरेडाँडामा राजधानीसहित उपत्यकासँग जोडिएका बनेपा, धुलिखेल, पनौतीलगायत २३ स्थानीय तहको फोहोर व्यवस्थापन हुने गर्छ तर समस्या आउँदा काठमाडौँ महानगर मात्र जिम्मेवार हुनुपर्ने भाष्यको अन्त्य नभएसम्म यो समस्या बल्झिरहने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “यो समस्याको स्थायी समाधानका लागि पालिकाहरूले आआफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नु प¥यो । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर लैजाने काम बन्द गर्नु प¥यो । पालिकाहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नु प-यो । अहिलेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाका सबै पालिकाले फोहोर फाल्ने तर गाली चाहिँ काठमाडौँ महानगरपालिकाले मात्र खाँदै आएको छ ।” संविधानमा फोहोर व्यवस्थापन गर्न एकल अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले फोहोर र फोहोरबाट बग्ने पानी (लिच्चर) मा डुबेको काठमाडौँ उपत्यकालाई बन्चरेडाँडा  क्षेत्रका बासिन्दाले फोहोर फाल्न दिई निकास दिए पनि काठमाडौँमा  रहेका सरकार र त्यहाँका पालिकाले आफूहरूको समस्यालाई बेवास्ता गरेको आरोप लगाउनुभयो । सङ्घीय सरकार, तत्कालीन सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकासँग पटक पटक सहमति गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म फोहोर बोक्ने गाडीबाट धेरै जनाको मृत्यु भएको छ । यहाँका १५ प्रतिशत घरमा क्यान्सरका बिरामी छन् ।”

विकल्प खोज्न आग्रह

अब कुनै पनि हालतमा बन्चरेडाँडामा फोहोर फाल्न नदिने बताउँदै ढुङ्गानाले काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँमै व्यवस्थापन गर्न यहाँका पालिकासँग आग्रह गर्नुभयो । अब काठमाडौँको फोहोर बन्चरेडाँडामा व्यवस्थापन हुन नदिने एक मात्र ‘बटम लाइन’ भएको उहाँले स्पष्ट पार्नुभयो । भदौ १५ गतेपछि काठमाडौँको फोहोर बन्चरेडाँडामा विसर्जन गर्ने काम सधैँका लागि बन्द हुने गरी  अभियान सुरु हुने उहाँले चेतावनीसमेत दिनुभयो ।

आधा फोहोर काठमाडौँकै

बन्चरेडाँडा जाने विभिन्न २१ वटा पालिकाको फोहोरमध्ये काठमाडौँ महानगरपालिकाको हिस्सा ४८.८ प्रतिशत, ललितपुर महानगरपालिकाको १० प्रतिशत र बुढानीलकण्ठ नगरपालिकाको पाँच प्रतिशत रहेको छ । बन्चरेडाँडा फोहोरमैला व्यवस्थापन स्थलको पूर्वाधार निर्माणमा अहिलेसम्म एक अर्ब चार करोड रुपियाँ खर्च भइसकेको र थप ५१ करोड ६३ लाख बराबरको ठेक्का चालु अवस्थामा छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका कारण ५३९ हेक्टर क्षेत्रका ८७५ घरधुरी प्रत्यक्ष प्रभावित भएको र ल्यान्डफिल साइटको सीमाबाट तीन किलोमिटरसम्मको क्षेत्र अप्रत्यक्ष रूपमा प्रभावित छ ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.