काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेता महन्थ ठाकुरलगायत सहभागी छन्।
बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट, प्रभावित क्षेत्रमा राहत तथा उद्धार र संकट समाधानका लागि राजनीतिक दलहरूबीच सहकार्य गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।
तपाईको प्रतिक्रिया


