काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान ७ बजेसम्म विभिन्न स्थानबाट ६ सय १६ वटा शव फेला परेका छन्।
सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै २ सय ३३ वटा शव फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि नवलपरासी पूर्वमा १ सय ५८ वटा शव फेला परेका छन्।
त्यस्तै, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट पनि शव फेला परेका छन्।
बाढीले बगाएर ल्याएका शव विभिन्न नदी तथा किनारबाट फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


