• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा

  •   सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो ।

यससँगै पोखरा प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ भने जनकपुरले तीन खेलबाट चार अंक जोडेको छ ।

१४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो । एक समय जितको सम्भावना कायम राखेको पोखराले मध्यक्रम र अन्तिम ओभरमा अपेक्षित प्रदर्शन गर्न नसक्दा लक्ष्य भेट्टाउन सकेन ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा पाँच चौका प्रहार गरे । छैटौं ओभरमा उनको विकेट गुमेपछि पोखराको रन गति प्रभावित भएको थियो ।

त्यस्तै, विपिन आचार्यले २० र विपिन खत्रीले १७ रन बनाए । किरण ठगुन्नाले आक्रामक ब्याटिङ गर्दै पाँच बलमा दुई चौका र एक छक्कासहित १५ रन जोडे । तर, उनीहरूको प्रदर्शन जितका लागि पर्याप्त भएन ।

जनकपुरको जितमा मोइन अली नायक बने । उनले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित १३ रन खर्चेर तीन विकेट लिए । कप्तान हरमित सिंहले चार ओभरमा २० रन दिँदै दुई विकेट हात पारे । ललितनारायण राजवंशी र जिम्मी निशमले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जनकपुरका त्रितराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । अन्तिमतिर अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा एक चौका र दुई छक्कासहित अविजित २४ रन जोडे ।

मोइन अलीले पनि १६ बलमा २१ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेखनीय स्कोर बनाउन सकेनन् ।

पोखराका शाकिब अल हसनले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । चमिका करुणारत्नेले दुई तथा महेदी हसन र मोहम्मद साइफुद्दिनले समान एक विकेट हात पारे ।

यसअघि जनकपुरले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग १९ रनले हारेको थियो । पोखरा भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

जनकपुरले तेस्रो खेलमा पोखरालाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ भने पोखराको जितको प्रतीक्षा थप लम्बिएको छ ।

सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.