• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

भ्रष्टाचारका दोषी जो कसैलाई छोड्दैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित

भाद्र २ , पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका दोषी जो कसैलाई नछाड्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले शनिवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्ट्राचारका दोषी ठहरिए आफ्नै पार्टीका नेता वा पूर्व प्रधानमन्त्री जो कसैलाई नछाड्ने बताउनुभयो ।

सरकारले अहिले चालेको कदम सुशासनको अभियान, समृद्धिको आधारको निम्ति गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा चालेको भ्रष्टाचार विरुद्धको यो कदम निरन्तर अघि बढ्ने भन्नुहुँदै यसमा सिआईबीको टोलीलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन सबैसमक्ष आग्रह पनि गर्नुभयो ।

उहाँले अनुसन्धान तथ्यले किर्ते र सङ्गठित अपराधमा संलग्नहरू जो जहाँसम्म सिआइबीले तथ्य प्रमाणको आधारमा जाने भन्छ त्यहाँसम्म जाने बताउनुभयो । अब किर्ते र सङ्गठित अपराधलाई निष्कर्षमा पुर्‍याउन आफूहरूको जोड बल भएको बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी काम हर हालतमा पूरा गर्ने सङ्कल्प लिएको उल्लेख गर्नुहुँदै त्यसको लागि पहिलाको त्यस सम्बन्धी ऐनलाई संशोधन गरी संसद्मा पेस गरेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिया सम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया सँगसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई समेत पूर्णता दिएर त्यो कार्यभार पूरा गर्ने बताउनुभयो ।

भ्रष्टाचार विरोधी र सुशासन कायम गर्न सरकार लागि राखेको अवस्थामा प्रमुख प्रतिपक्ष दलसहितका केही दलहरूले संसद् अवरुद्ध गर्नु उचित नभएको उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले राज्यको पेसागत रूपमा दक्ष र जिम्मेवार त्यसैको लागि भनेर निर्माण गरिएको संरचनाले काम गर्दा अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नभएको बताउनुभयो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका गृहमन्त्री श्रेष्ठ पार्टीको प्रदेश स्तरीय बैठक तथा प्रशिक्षणमा सहभागी हुन पोखरा आउनुभएको हो ।

शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.