• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित

असोज ११ , भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।

अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

“हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, उनले भने अरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागि परेका छौँ ।”

अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि पर्यटक आउने उनको भनाइ छ ।

“अरुण डाँडाको छुटै धार्मिक महत्व छ”, उनले भने, “यो स्थान घुम्न आउने मानिसको लागि आनन्ददायक छ । मानिस आफ्नो भाकल पूरा गर्नको लागि पूजाआजा तथा दर्शनको लागि पनि आउने गरेका छन् ।”

अरुण डाँडाको विकासको लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। यो ठाउँको थप प्रचारप्रसारको लागि विभिन्न समयमा गाउँपालिकाले मेला महोत्सवसमेत लगाउँदै आएको उनको भनाइ छ । “अरुण डाँडाको विकाससँगै यसको प्रचार÷प्रसारमा जुटेका छौँ”, उनले भने, “हामीले यहाँको आवश्यक विकासका लागि काम गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ । यसलाई देश विदेशमा चिनाउन विभिन्न समयमा मेला महोत्सव पनि सञ्चालन गरिरहेका छौँ ।”

पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको समेत विस्तार भइरहेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । मानिस प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि पनि अरुण डाँडा क्षेत्रमा आउने गरेको स्थानीयवासी लालबहादुर तामाङले बताए । सदरमुकामबाट नजिकको दूरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको उनको भनाइ छ ।

“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेपछि पर्यटकको सङ्ख्या बढेको छ”, उनले भने, “यो ठाउँमा बिदाको समयमा पर्यटक धेरै आउँछन् । यो स्थान धेरै पर्यटकको रोजाइमा पर्ने स्थल बनेको छ ।” वडा नं १ श्यामशिलामा पर्ने यो स्थानमा पर्यटकलाई लक्षित गरेर किवी खेतीकोसमेत विस्तार भइरहेको उनको भनाइ छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा लिइने गरिन्छ ।

बिहिबार, असोज ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.