• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

गाजा शहर खाली गर्ने आदेश स्वभाविक तर शीघ्र कार्यान्वयन कठिन : वासिङ्टन

  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित

असोज २७ , वासिङ्टन। इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि यसलाई अमेरिकाले ‘कठिन’ आदेश भएको शुक्रबार जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सीएनएनसँग भन्नुभयो, “उनीहरूले के गर्न खोजेका छन् भन्ने कुरा सबैले बुझेको कुरा हो । उनीहरूले सर्वसाधारणलाई हानिबाट जोगाउन खोजिरहेका छन् ।”

“यो एक आवश्यक तर पालना गर्न निकै कठिन आदेश हो । उत्तरी गाजामा १० लाख मान्छे छन्, र यो धेरै घना शहरी वस्ती हो । साथै, यो पहिले नै एक युद्ध क्षेत्र पनि हो । त्यसैले कसैले पनि त्यो निकासीलाई प्रभाव पार्ने चुनौतीलाई कम आँकिरहेको छ जस्तो मलाई लाग्दैन ।”

गाजामा ‘दोस्रो विपत्ति’ आउने चेतावनी

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायली सेनाले उत्तरी गाजामा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएपछि प्यालेस्टिनीहरूले सामना गर्नुपरेको ‘दोस्रो नक्बा’ (विपत्ति) को सामना गर्न सक्ने चेतावनी दिनुभएको छ ।

“गाजा पट्टीबाट प्यालेष्टिनी नागरिकको विस्थापनलाई पूर्ण रूपमा अस्वीकार गर्दै वस्ती खाली गर्नु प्यालेष्टिनी नागरिकको लागि दोस्रो नक्बा जस्तै हुनेछ,” अब्बासले भन्नुभयो ।

सन् १९४८ मा इजरायलको स्थापनासँगै भएको युद्धको दौडान भागेका वा घरबाट निष्कासित गरिएका लगभग सात लाख ६० हजार प्यालेस्टिनीहरूको दुःखलाई ‘पहिलो नक्बा’का रूपमा उनीहरूले लिने गर्छन् ।

इजरायली सेनाले गाजापट्टीमा करिब ११ लाख मानिसको बसोबास रहेको उत्तरबाट भाग्न चेतावनी दिँदै पर्चा खसालेपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

अब्बासको प्यालेस्टिनी केन्द्रीय प्रशासन कब्जा गरिएको पश्चिम किनाराको रामल्लाहमा बसेको छ र गाजामा शासन गर्ने लडाकू समूह हमासबाट विभाजित छ ।

इजरायली सेनाले शनिबारदेखि गाजामा हजारौं हवाई आक्रमण गरेको छ जसमा एक हजार ५३० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाका अनुसार हमासका लडाकूहरूले सीमापार गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएपछि यो आक्रमण गरिएको हो ।

जबर्जस्ती स्थानान्तरण ‘अपराध’

अरब लिगले इजरायलले प्यालेस्टाइनलाई प्रतिबन्धित गाजा पट्टीको उत्तरतर्फको क्षेत्र खाली गर्न दिएको आदेशलाई ‘जबर्जस्ती स्थानान्तरण’ को संज्ञा दिएको छ ।

“‘जबर्जस्ती स्थानान्तरण’ गर्नु एउटा ठूलो ‘अपराध’ हो,” अरब लिगका प्रमुख अहमद अबुल घेइतले शुक्रबार बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा अरब लिगले इजरायलले प्रतिशोधको नृशंस कार्य गरेको आरोप पनि लगाइएको छ ।

इजरायली भूमिमा हमासका लडाकूहरूले गरेको घातक आक्रमणलाई अन्त्य गर्ने ‘योजनाबद्ध वा अध्ययन गरिएको सैन्य अभियान’ को सट्टा गाजामा असहाय नागरिकलाई सजाय दिइएको पत्रमा उल्लेख छ ।एएफपी

शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.