• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

जीविकोपार्जनका लागि भेडापालनः चरनक्षेत्रमा चर्दै गरेका भेडाबाख्रा

  •   सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

कार्तिक १३ ,म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडा गोठालाहरूले भेडाबाख्रा चराउने गर्छन् ।

रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरू हिउँदमा बेसी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत २५ वर्षदेखि रघुगंगा–२, धुपीचौरका टेक परियारले भेडापालन गर्दै आउनुभएको छ । भेडापालन गर्दा चाडपर्व र आफन्तसँग भेटघाट रमाइलो गर्न नपाई भेडाको गोठालो भएर निरन्तर हिँड्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँको गोठमा ५० वटा भेडा छन् । वर्षको ८ देखि १० भेडा बेचेर दुई देखि तीन लाख रुपैयाँ आम्दानी गर्ने बताउनुभयो । देउराली भेडा फार्ममार्फत भेडापालन गरेका टेक परियारले गत आर्थिक वर्षमा रघुगंगा गाउँपालिकाबाट उत्कृष्ट किसानको पुरस्कार पाउनुभएको थियो । सानो गोठ भएकोले हिउँद बर्खायाममा रुईसेको पाखो र वनमा चराउँदै आएको बताउनुभयो ।

त्यस्तै उहाँको भाई गोपी परियारले विगत ६ वर्षदेखि जीविकोपार्जनका लागि भेडापालन गर्दै आउनुभएको छ । उहाँको गोठमा ३५ वटा भेडाबाख्रा छन् । अन्य पेशा भन्दा भेडा पालनबाट जीविकोपार्जन गर्न सहज भएको अनुभव गोपी परियारले सुनाउनुभयो । “अन्य पेसाभन्दा बढी भेडा चराउनमा खट्नुपर्छ, चाडपर्व, झरी बर्खा नभनी रुईसेमा दिनदिनै चराउन ल्याउनुपर्छ,  दुख अनुसारको आम्दानी हुन सकेको छैन, आम्दानी वृद्धि गर्न सङ्ख्या वृद्धि गर्नुपर्छ, यसका लागि लगानीको अभाव भएको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै धुपीचौरका अर्का गोपाल परियारले पनि विगत ७ वर्षदेखि भेडापालन गर्दै आउनुभएको छ । उहाँको गोठमा २५ वटा भेडाबाख्रा रहेका छन् । उहाँकी श्रीमती उमा परियारले भेडाबाख्रालाई रुईसेको पाखोमा लैजाने र घरमा ल्याउने काम गर्नुहुन्छ । भेडाबाख्रा पालनबाट घरखर्च चलाउन सहयोग पुगेको उमा परियारले बताउनुभयो ।

रुईसे–भेडिओढारमा ठुला २ वटा र साना ३ वटा भेडाबाख्राका फार्महरू छन् । चरनक्षेत्रमा रुख बिरुवा फैलँदै जाँदा गाईभैसी र भेडाबाख्राले खाने घाँसको अभाव बढ्दै गएको छ ।  भेडाबाख्राका गोठहरू पर्यटकको आकर्षणमा पर्ने गर्छन् । यहाँ आउने पर्यटकले भेडाका पाठापाठीसंग फोटो खिच्ने र रमाउने गरेको रुईसेमा विगत २५ वर्षदेखि भेडापालन गर्दै आउनुभएका कृषक टेक परियारले बताउनुभयो ।

 

सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.