• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

क्यानले सार्वजनिक गर्‍यो सन् २०२४ को खेलतालिका

  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ।

 

 

क्यानले आज (बिहीवार) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटेर वार्षिक खेलतालिका सार्वजनिक गरेको हो। क्यालेन्डरमा जनवरी १ देखि डिसेम्बर ३० तारिखसम्मका गतिविधि समावेश गरिएको छ।

क्यानका सचिव पारस खड्काले वार्षिक क्यालेन्डरमा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एशियन क्रिकेट काउन्सिल (एसिसी) को क्यालेन्डरलाई पछ्याएर घरेलु क्रिकेटलाई समेत समावेश गरिएको बताए।

‘क्यालेन्डरमा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना र सहभागिता तथा राष्ट्रिय प्रतियोगिता सञ्चालनबीच तालमेल हुने प्रयास गरिएको छ। कतिपय अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगिता र देशभित्र आयोजना हुने क्षेत्रीय स्तरका प्रतियोगिता आयोजनालाई खुला गरिएको छ,’ उनले भने।

तालिकाअनुसार नेपालले सन् २०२४ मा आइसिसी विश्वकप लिग–२, अन्तरराष्ट्रिय टी–२० सिरिज र एकदिवसीय सिरिज खेल्नेछ। अन्तरराष्ट्रिय सिरिजमा नेपालको सिनियर पुरुष क्रिकेटसँगै महिला, उमेर समूहका यू–१९, यू–१६,  पहिलो श्रेणी जस्ता प्रतियोगिता समावेश गरिएका छन्।

क्यानले विभिन्न अन्तरराष्ट्रिय ३३ कार्यक्रमसहित २८ वटा घरेलु प्रतियोगिता र कार्यक्रम क्यालेन्डरमा समावेश गरेको छ। क्यानको महत्त्वाकांक्षी घरेलु प्रतियोगितामा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट मंसिरमा आयोजना गर्ने, क्षेत्रीय लिग र प्रतियोगिता, विभागीय सिरिज, प्रधानमन्त्री कप, इन्डो-नेपाल टी–२० क्रिकेट, मेयर कप जस्ता प्रतियोगिताहरू समावेश गरेको छ।

नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्याण्ड्स र नेपालबीच त्रिकोणात्मक टी–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ। उक्त खेल नेपालमै हुनेछ।

आगामी १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग ५  एकदिवसीय र ३ टी–२० खेल खेल्नेछ। क्यानले आफ्नो खेलतालिकामा आगामी मंसिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने समावेश गरेको छ।

सचिव खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए। क्यानले क्यालेन्डरमा समावेश गरेको कार्यक्रमलाई आइसिसी, सरकार र प्रायोजकहरूको आर्थिक सहयोगले सम्पन्न गरिने जानकारी पनि उनले दिए।

सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिए क्यानले विस्तारै टेस्ट टोलीहरु नेपालमै बोलाएर क्रिकेट खेल्ने वातावरण तयार गर्ने पनि उनले बताए।

व्यस्त तालिकालाई मध्यनजर गरेर क्यानले छिट्टै नेपालको ‘ए’, टी–२० र एकदिवसीय गरि छुट्टाछुट्टै टिम निर्माण गर्न लागेको म्यानेजर विनोद दासले जानकारी दिए।

क्यानले विशषगरी अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कपलाई लक्षित गरी कार्यक्रम तय गरेको पनि जनाएको छ।

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानमाथि नेपालको ११३ रनको शानदार जित
दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी तीव्र
वर्षाले रोक्यो नेपाल–जापान खेल, नेपाल क्वार्टरफाइनलमा
एसियाली खेलकुदमा अफगानिस्तानमाथि नेपालको ५ विकेटको जित
अविनासको निर्णायक गोलमा सूर्यपुर फाइनलमा, उपाधिका लागि बिएफसीसँग भिड्ने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.