२७ चैत्र, काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।शनिबार राति भएको खेलमा इन्टरले भेरोनालाई २-० गोल अन्तरले हराएको हो ।
इन्टरलाई जित दिलाउन निकोलो बरेला र इडेन जेकोले एक एक गोल गरे ।खेलको २२ औं मिनेटमा बरेलाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३० औं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।जितसँगै इन्टरले ३१ खेलमा ६६ अंक जोडेको छ ।इन्टर दोस्रो स्थानमा रहेको छ ।भेरोना ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


