चैत्र २८ ,भरतपुर ।चितवनमा२१ औँ जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भयको छ ।लियो क्लव अफ बैदिक नगरको आयोजानामा सम्पन्न च्याम्पियनसिपमा महिला र पुरुष गरेर १२२ जनाको सहभागिता रहेको थियो ।
तौलको आधारमा ३÷३ समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा ४५ केजी पुरुष तर्फ सम्राट दराई, ४८ केजी तर्फ सुजन तमाङ र ५१ केजी तर्फ रस्मीत परियार च्यापियन बन्न सफल भए ।
त्यसै गरी महिला तर्फ ४२ केजी तर्फ दिक्षा चौधरी, ४४ केजी तर्फ रोषनी श्रेष्ट र ४६ केजी तर्फ प्रतिभा श्रेष्ठ सफल भए ।प्रतियोगितामा बेस्ट फाइटरको रुपमा सुजन तमाङ र प्रतिभा श्रेष्ठ छनाेट भएका थिए ।
कार्यक्रम का प्रमुख अतिथी भरतपुर २२ का वडा अध्यक्ष विष्णु राज महतो रहनु भएकाे थियाे । उहाँले यस खेलको बिकाश र बिस्तार को लागी आफूहरु जे जस्तो सहयोग गर्न पछी नपर्ने कुरा व्यक्त गर्नु भयो । यसै वडामा निमार्ण भएको नयाँ कबड हलमा प्रतियोगिता भएको थियो ।
प्रतियोगिताले खेलाडीहरुमा हौसला थपेको भन्दै यस्ता खाले प्रतियोगितालाई आफूहरुले निरन्तरता दिने क्लबका अध्यक्ष कुशल सापकोटाले बताए ।प्रतियोगितामा भिटो एजुकेसन चितवन प्रमुख प्रायोजक रहेको थियो ।


