• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

सहकारी छानबिन समितिमा जुट्यो सहमति, आजै कार्यादेश जारी गरिने, संसद् चल्ने

  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित

विभिन्न सहकारीको बचत रकम अपचलन, हिनामिना र आर्थिक अनियमितताका सन्दर्भमा अध्ययन एवं अनुसन्धान गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेता र समितिको कार्यादेश बनाउने जिम्मा पाएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मङ्गलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकपछि समितिको कार्यादेश जारी हुने बताउनुभएको हो ।

मन्त्री गिरीले भन्नुभयो, “प्रधानमन्त्रीको उपस्थितिमा कार्यदलका सदस्य पनि छलफलमा बस्यौँ । नेपाली कांग्रेसका नेताहरू पनि त्यहाँ रहनुभएको थियो । घनिभूत ढङ्गले यो समस्याको समाधान गर्नका निम्ति हामी प्रयासरत रह्यौँ । हामी करिब करिब सहमतिमै पुग्यौँ ।”

उहाँले सहकारीको रकम कसैले अपचलन गरेको भए जिम्मेवारीमा रहेका जोकसैमाथि पनि छानबिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पद उल्लेख गर्नै परेन, जोकोही जिम्मेवार छ भने छानबिनको दायरामा पर्छ । छानबिनपछि दोषी देखिए कारबाहीको दायरामा आउनु पर्छ, कारबाहीको भागीदार बन्नु पर्छ । यही हिसाबले हामीले निष्कर्ष निकालेका छौँ ।”

उहाँले मङ्गलबार बिहान ११ बजे कार्यदलको बैठक बस्ने र कार्यादेशलाई अन्तिम रूप दिएर जारी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मङ्गलबारदेखि संसद् सुचारु हुन्छ, यो जुन डेडलक छ, यसको अन्त्य पनि हुन्छ । संसदीय छानबिन समिति पनि बन्छ । कार्यादेश जारी हुन्छ । त्यसपछि सबै कुरा व्यवस्थित रूपले अगाडि बढ्ने अवस्था बन्छ ।” उहाँले सहकारीको छानबिन र समिति गठनका सन्दर्भमा सबैजसो विषयमा सहमति बनेको प्रस्ट पार्दै केही विषयमा मङ्गलबारै कार्यदलले अन्तिम रूप दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा केही असहमति थिए, व्यक्तिको नाम लेख्ने कि नलेख्ने, कुनै कम्पनीको नाम लेख्ने कि नलेख्ने, कम्पनीभित्र कुनै पदाधिकारी वा सदस्यको नाम उल्लेख गर्ने कि नगर्ने, ती पदावली प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा अनेक विमति थिए । तर ती सबै विषयमा एक ठाउँमा उभिने स्थिति बनिसक्यो ।”

उहाँले विमति अन्त्य गर्ने सन्दर्भमा यसको सार र मर्मलाई कुनै न कुनै हिसाबले अभिव्यक्त हुने गरी नै मस्यौदा तयार गरिने बताउनुभयो । मन्त्री गिरीले भन्नुभयो, “नाम उल्लेख नगरौँ, त्यो राम्रो हुँदैन, त्यो विगतमा पनि अभ्यास नभएकाले त्यस ढङ्गले अघि नबढ्दा नै राम्रो हुन्छ भन्ने थियो । प्रतिपक्षी दलले पनि सहमतिका लागि नाम उल्लेख गर्ने विषय छोड्न तयार छौँ भनिरहनुभएको हो । निश्चित कम्पनीको नाम उल्लेख हुन्छ ।”

कांग्रेस नेता लेखकले गम्भीर छलफलपछि निष्कर्ष उन्मुख भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यादेश मङ्गलबार फाइनल हुन्छ । सहकारीमा भएको अपचलन, हिनामिना बारेमा छानबिन हुन्छ, अनुसन्धान हुन्छ ।”

बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । यसअघि कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेपछि सत्ता पक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रियामा सहमति जुटेको थिएन ।

मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.