• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

प्रतिबन्धित गाँजा खेतीलाई औषधी र औद्योगिक प्रयोजनका लागि खुला गर्ने तयारी

  •   शनिबार, जेठ २६, २०८१ मा प्रकाशित

लागुऔषधका रूपमा प्रतिबन्धित अवस्थामा रहेको गाँजा खेतीलाई औषधी र औद्योगिक प्रयोजनका लागि खुला गर्ने तयारी भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजाको सम्भाव्यताबारे सरकार तथा सरोकारवाला निकायसँग गरेको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजालाई औषधी र औद्योगिक प्रयोजनका खुला गरी यसको सम्भाव्यताबारे अनुसन्धान गर्न गृह मन्त्रालयले  नियमावली बनाउन लागिरहेको बताउनुभयो ।

उहाँले गाँजाको औद्योगिक तथा औषधीजन्य उपयोगका लागि एक महिनाभित्र नियमावली बनाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको समेत जनाकारी दिनुभयो ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ बजेटमा गाँजा खेतीको औषधी प्रयोजनका लागि व्यावसायिक उत्पादन, प्रशोधनका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा गृहमन्त्री लामिछानेले भन्नुभयो “सरकारले बजेटमा नै गाँजाको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेसँगै गृह मन्त्रालयले यसबारे अध्ययन गरी नियमवाली तयार गर्ने गृहकार्यमा जुटेको छ । आगामी एक महिनाभित्र सो नियमावली तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

समितिको बैठकमा अर्थमन्त्री वर्षमान पुनले नेपालमा गाँजा प्रतिबन्धित रहे पनि यसबाट बनेका वस्तु बजारमा छ्यापछ्याप्ती पाइरहेकाले यसको बहुउपयोगिताबारे अध्ययन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिर गाँजा प्रतिबन्धित छ तर यस पटक मैले बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा गाँजाबाट बनेको झोला सार्वभौम संसद्मा लग्दा कानुनी प्रश्नभन्दा प्रशंसा नै बढी भयो । यसले पनि गाँजाको बहुउपयोगिताको महत्व दर्शाउँछ ।

पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको बहुउपयोगिताबारे चर्चा गर्दै गाँजा खेतीलाई वैधानिकता दिँदा कुनै कम्पनीलाई नभई किसानले प्रत्यक्ष लाभ पाउने गरी गाँजा खेती गर्ने इजाजत किसानलाई मात्र दिनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२२ मा गाँजालाई कम घातक लागुऔषधका रूपमा परिभाषित गरेपछि विश्वका ४० भन्दा बढी देशमा यसको उत्पादन र प्रयोग खुला गरिएको छ ।

छलफलमा सहभागी संसाद तथा विभिन्न मन्त्रालयका प्रतिनिधिले मुलुकको अर्थतन्त्रलाई नै टेवा दिन सक्ने गाँजाको औषधीय प्रयोग र औद्योगिक उपयोगिता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने सुझाव दिनुभयो । समितिमा छलफलपछि सभापति डा. आरजु राणाले सरकारलाई तत्काल यसबारे नियमावली तयार गरी गाँजाको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिँदै तीन महिनाभित्र सरकारले नियमावली जारी नगरे समितिले उपसमिति गठन गरी यसको अध्ययन सुरु गर्ने बताउनुभयो ।

शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.