नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको बताउनु भयो ।
नेता खनालले पार्टीको महाधिवेशन पछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने बताउनु भयो ।
नेकपा (एकीकृत समाजवादी) को यही असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ महाधिवेशनमा ४ वटा एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया


