• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

सहिद देशका साझा सम्पत्ति हुन्ः मन्त्री शर्मा

  •   शनिबार, असार ०९, २०८१ मा प्रकाशित

धनगढी ८ असार ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ । ज्नयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
सहिद हुनुअघि उनीहरु कुनै एउटा पक्षमा लागेको भए पनि सहिद भइसकेपछि देश र जनताको साझा सम्पत्ति भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकारले सहिदको रुपमा स्वीकार र सम्मान गरिसकेका व्यक्तिहरु अब कुनै पक्ष वा दलको नभई देशकै सहिद भएको स्पष्ट गर्नुभयो । सरकारले राणा शासनदेखि राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाको आन्दोलन तथा देशमा चलेका अन्य सबै मुक्ति आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई सहिदको रुपमा सम्मान गरिसकेकाले उनीहरु सबै देशका साझा सहिद भएको पनि स्पष्ट गर्नुभयो ।

विभिन्न आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई बेलाबेलामा सरकारले सहिद घोषणा गरे पनि राजपत्रमा नामावली प्रकाशन नगर्दा सहिदको सम्मान दिन समस्या भएकाले गत वर्ष मात्रै सरकारले सम्पूर्ण सदिहरुको नामावली राजपत्रमा प्रकाशन गरेकाले अब कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो । सहिद देशका साझा सम्पत्ति भएकाले सहिद परिवारसँग सबैले सम्मानजनक व्यवहार गर्नुपर्ने र भौतिक तथा मानवीय विकासका सवालमा पनि सहिद वस्तीहरुलाई नमूनाको रुपमा विकास गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो ।
सहिदकै बलिदानका कारण आजको मुलुक आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उहाँले जसका कारण सदियौंदेखि उत्पीडनमा पारिएका भूइँमान्छेहरु राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको स्पष्ट गर्नुभयो । ‘हिजो लैंगिक रुपमा अपहेलित महिलाहरु, जातीय रुपमा दबाइएका दलित, जननजातिहरु, कर्णालीबासी, मधेशी लगायत उत्पीडित समुदायबाट हामी वडादेखि संघीय सदन र सरकारसम्म जसरी राज्य सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेका छौं, यो संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल होे’, मन्त्री शर्माले भन्नुभयो, ‘यो हजारौं सहिद, बेपत्ता तथा घाइते यौद्धाहरुकै संघर्षको प्रतिफल हो, यसलाई कसैले पनि कम आँकलन गर्नुहुँदैन ।’

त्यस्तै मन्त्री शर्माले धनगढीकै बेलीमा कार्यकर्ता भेटघाट गर्दै नेता, कार्यकर्ता र जनताको सम्बन्ध नङ मासुको जस्तै हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादीका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले कम्युनिष्ट पार्टीको मुख्य चरित्र साझापन र समान व्यवहार भएकाले नेता, कार्यकर्ता र जनताको सम्बन्धमा ध्यान दिनुपर्ने बताउनुभयो । जिम्मेवारीका कारण कोही नेता, कोही कार्यकर्ता र कोही जनता भए पनि समाजमा सबैको समान हैसियत भएकाले नेताले दिने र कार्यकर्ता वा जनताले लिनेभन्दा पनि सबै मिलेर समस्या समाधान गर्ने कम्युनिष्ट शैली अपनाएर मात्रै अघि बढ्न सकिने स्पष्ट गर्नुभयो । पछिल्लो समय नेता, कार्यकर्ता र जनताको बीचमा सम्बन्ध र सहकार्य कम भएको गुनासो आउन थालेको उल्लेख गर्दै उहाँले सरकार वा पार्टी संगठनमा रहेका सबै नेता कार्यकर्ता समान हैसियतमा पार्टीप्रतिको अपनत्व लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

शनिबार, असार ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.