वैशाख ८, काठमाडौं ।फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ३-० गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा रामोसले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।त्यसपछि खेलको ७७ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।यस्तै खेलको इन्जुरी समयमा इडुवार्डोले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै पीएसजीले पीएसजीले ३३ खेलमा ७७ अंक जोडेको छ ।पीएसजी शीर्ष स्थानमा रहेको छ ।तर, उपाधि जित्न पीएसजीलाई अर्को खेल कुर्नुपर्ने भएको छ ।दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका लागि कुर्नु पर्ने भएको हो ।


