वंशावली, सनद, सवाल तथा भूमिसम्बन्धी तमसुकलाई दस्ताबेजका रूपमा संरक्षण गर्ने गरी संसद्ले अभिलेख संरक्षण विधेयक पारित गरेको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । राष्ट्रिय सभाले विधेयक २०७९ माघ २३ गते नै पारित गरेको थियो । पारित विधेयकको जानकारी अब पुनः माथिल्लो सदनमा नै पठाइने छ । त्यसपछि प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जाने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रस्तावमा विधेयक सर्वसम्मत पारित भएको हो । २०७७ असार १० गते नै विधेयक राष्ट्रिय सभामा दर्ता भएको थियो । चार वर्षपछि सङ्घीय संसद् दुवै सदनबाट विधेयक पारित भएको हो ।
तपाईको प्रतिक्रिया


