चालू आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले उक्त जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले मुद्दा फर्छ्यौट वृद्धि भएको बताएका छन्। उप्रेतीले चालू आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ४० हजार ९१२ मुद्दामध्ये १५ हजार ४८४ मुद्दा फर्छ्यौट गरेको बताएका छन्।
विगत पाँच वर्षको तुलनामा यस वर्ष मुद्दा फर्छ्यौट संख्या र प्रतिशतमा वृद्धि भएको थियो । ४० हजार ९१२ मुद्दामध्ये फछ्र्यौट गर्ने २५ हजार ४२८ मुद्दा बाँकी रहेको छ । प्रवक्ता उप्रेतीले विगत ५ वर्षमा २ वर्ष नाघेका मुद्दाको तुलनामा पनि २ वर्ष नाघेका मुद्दा फछ्र्यौट बढी रहेको बताएका छन् ।
विगत ५ वर्षमा २ वर्ष नाघेका २० हजार १४२ मुद्दामा ८ हजार १२२ मुद्दा फर्छ्यौट गरिएको छ । उनले विगत ५ वर्षको तुलनामा २ वर्ष नाघेका ४०.३२ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको छ। ५ वर्षमा २ वर्ष नाघेका अझै १२ हजार २० मुद्दा बाँकी रहेको छ।
सर्वोच्च अदालतमा हरेक आर्थिक वर्षमा मुद्दा दर्ताको क्रम बढ्दो रहेको छ । सर्वोच्च अदालतमा प्राप्त स्रोत साधन न्युन र जनशक्तिको दक्षता अभिवृद्धिमा राज्यको लगानी छैन। अदालतहरुको भौतिक अवस्था कमजोर छ । समयमा न्यायधीश नियुक्ति नहुनु प्रमुख चुनौती छ।


