• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

लाइसेन्स २४ सैँ घण्टा छापिँदै

  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तीन सिफ्टमा २४ सैँ घण्टा छाप्ने काम भइरहेको छ। जेठदेखि हालसम्म दुई लाखप्रति छापिएको विभागले जनाएको छ। १४ घण्टामा जम्मा पाँच हजारदेखि ५२ सय प्रति लाइसेन्स छापिएको विभागमा प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिनुभयो। महिनामा एक लाख पचास हजार प्रति लाइसेन्स छापिन्छ। हाल २०७९ साउनदेखि छाप्न बाँकी रहेका कार्ड छापिएका छन्।

छाप्न बाँकी सङ्ख्या १६ लाखभन्दा बढी भएपछि तीन सिफ्टमा छाप्न सुरु गरेको हो। छपाई कार्ड नभएर १० महिना रोकिएको छपाई कार्य जेठको दोस्रो हप्तादेखि सुरु भएको हो।

प्रवक्ता पनेरुले भन्नुभयो, “अहिले तीन सिफ्टमा २४ सैँ घण्टा छापिएको छ। महिनामा डेढ लाख प्रतिसम्म छापिन्छ आजमात्रै राप्तीको यातायात कार्यालयमा वितरणका लागि ४९ हजारप्रति लाइसेन्स पठाएका छौँ।” सुदूरपश्चिम र कर्णालीका यातायात कार्यालयका २०८० पुस १५ सम्मका छापिएको छ।

विभागले गत माघमा जर्मनीबाट छ लाखप्रति कार्ड ल्याएको थियो। दैनिक माग र प्रिन्टको सङ्ख्या बराबर जस्तो भएकाले बाँकी रहेको प्रिन्टको व्यवस्थापन भने चुनौतीपूर्ण रहेको विभागले जनाएको छ। पनेरुले भन्नुभयो, “यस वर्ष अर्को मेसिन किन्ने टेन्डर रद्ध भयो। आगामी आर्थिक वर्षमा हुनसक्छ। प्रदेश सरकारले पनि प्रदेशमै प्रिन्ट गर्ने योजना अघि सारेका छन्। यी काम भएमा बाँकी रहने समस्या हल हुनसक्छ।”

थप मेसिन नल्याउँदासम्म र प्रदेश सरकारबाट छपाएको काम सुरु नहुँदासम्म समस्याको समाधान सहजै हुन नसक्ने विभागको दाबी छ। लाइसेन्स नवीकरण, हराएको र नयाँ गरी हाल दैनिक चार हजारप्रति लाइसेन्सको माग छ।

२०७२ सालमा स्मार्ट लाइसेन्स लागु भएपछि छपाइमा ढिलासुस्ती हुँदै आएको हो। परीक्षा पास गरेपछि कम्तीमा दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ। विभागले श्रम, अध्ययनका लागि विदेश जाने र शान्ति मिसनमा जाने सुरक्षाकर्मीलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराउँदै आएको छ।

बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.