• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

भरतपुरको पर्यटकीय आकर्षण

  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित

चितवन ,भाद्र १
डा. विश्वराज सुवेदी – महाभारत तथा चुरे पर्वत शृङ्खला हरियाली पहाड, समथर मैदान, टार र बेँसीहरूले सजिएको चितवन जिल्ला दुई तिहाइभन्दा बढी भूभाग सिमसार क्षेत्र तथा वन जङ्गलले ओगटेको छ । राजनीतिक विभाजनमा सात पालिका रहेको यस जिल्ला अन्तर्गत हरेक पालिकामा अलग अलग पर्यटकीय आकर्षण रहेका छन् । जसमध्ये सङ्घीय सरकारको सयौँ गन्तव्यमा सूचीकृत बिस हजार ताल र पटिहानी ब्लक तथा बागमती प्रदेश सरकारमा ‘एक जिल्ला एक उत्कृष्ट’ गन्तव्यमा सूचीकृत मेघौली ब्लकलगायत सबैभन्दा धेरै गन्तव्य भरतपुर महानगरपालिका अन्तर्गत पर्छन् ।

चितवन राष्ट्रिय निकुञ्‍ज विश्‍व सम्पदा सूचीमा सूचीकृत छ । विश्‍व रामसार क्षेत्रमा सूचीकृत बिस हजार ताललगायतका लेकसाइड सर्किट एवं सामुदायिक वनहरूमा विकास भएको पर्यापर्यटन आध्यात्मिक तपोभूमि पवित्र स्थल देवघाटधामदेखि विक्रम बाबासम्मको धार्मिक स्थलहरू छन् । धार्मिक पर्यटन, विभिन्न जातजातिको चालचलन, रीतिरिवाज, चाडपर्व तथा संस्कृतिसँग जोडिएर विकास भएको सांस्कृतिक पर्यटन नारायणी र राप्‍ती नदीमा हुने सिविच मोडललगायतका जल पर्यटनका व्रिmयाकलाप उत्कृष्ट आकर्षक हुन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला तथा कबर्ड हलहरू एवं खेलमैदानमा आयोजना गरिने खेल पर्यटनका गतिविधि, यसै गरी स्वास्थ्य पर्यटन, कृषि पर्यटन आदिको क्रमिक विकास भएको भरतपुर महानगरपालिका पूर्वाधार विकासमा नेपालभरि नै विकास पर्यटनको उत्कृष्ट मोडल बन्दै गएको छ ।

दियालो बङ्गला दरबार

भरतपुर महानगर चारैतिर सामुदायिक वन, निकुञ्‍ज तथा नदीले घेरिएको छ । महानगरले नयाँ पर्यटकीय उपजका रूपमा मानवनिर्मित आकर्षणमा समेत जोड दिएको छ । नारायणगढ–मुग्लिन राजमार्ग अन्तर्गत पुल्चोकबाट १.५ किमी पूर्व वडा नं. १ आँपटारीमा दियालो बङ्गला रहेको छ । नारायणी नदीको किनारमा वन जङ्गलको बिचमा सजिएको दियालो बङ्गला रहेको छ । नारायणी नदीको किनारमा वनजङ्गलको बिचमा सजिएको दियालो बङ्गला परिसर प्राकृतिक सुन्दरताले मनोरम देखिन्छ । राजदरबारका सामग्री विभिन्न प्रजातिका वन वनेली तथा वनस्पति वन्यजन्तु तथा चराचुङ्गी यहाँका पर्यटकीय आकर्षण हुन् ।

विसं २०१३ मा राप्‍ती दून विकास परियोजना सुरु भएपछि विसं २०१५ मा पहाडी क्षेत्रबाट बसाइसराइँ गरी आएका मानिसले घना वन फँडानी गरी बसोबास गर्न थाले । मानिस विसं २०२० मा तत्कालीन राजा महेन्द्रले राजकाज सञ्‍चालन गर्न तथा काठमाडौँको जाडो छल्न हिउँदमा बस्ने गरी दरबार निर्माण गर्न लगाए । करिव ५७ विगाहा (३५ हेक्टर) क्षेत्रफल फैलिएको दियालो बङ्गला परिसरमा मनमोहक दरबार रहेको छ । दरबारलाई तीन घेरामा घेरिएको छ । पहिलो घेरामा नं. २ विपत् व्यवस्थापन गणले सुरक्षा प्रदान गरेको छ भने दोस्रो गेटभित्र हेलिप्याड सेनाको सुत्‍ने क्वाटर, खेल मैदान आदि निर्माण गरिएको छ । यसै गरी तेस्रो घेरामा आँगनसहित करिब एक बिगाहा जग्गामा फैलिएको आकर्षक बगैँचाले सजिएको दरबार छ ।

देश विदेशका विशिष्ट व्यक्तिसँग राजाले यसै कक्षमा साक्षात्कार गर्दथे । भित्तामा रहेका वन्यजन्तुका टाउको तथा गोहीको छालाले थप सुन्दरता प्रदान गरेको छ । तत्कालीन आवश्यकताका महँगा वस्तुले दरबारको शोभा बढाएको छ । बाहिरी र भित्री दुई वटा भ¥याङ भएको दियालो दरवारको भुइँतलामा आधुनिक चुलो चरेसका थाल कचौरा गिलास तथा डाइनिङ हलसहितको भान्छा कोठा छ भने २६ वटा सोफा सेट तथा दराज, ¥याम, काठका विभिन्न आकृतिमा गैँडा, जलगैँडा, चरा, बाघको टाउको, गोहीको छाला, जरायोको सिङ आदिले सजाइएको बैठक कोठा छ । भित्तामा महेन्द्र र रत्‍न तथा वीरेन्द्र र ऐश्‍वर्यको पेन्टिङ फोटो, ऐना आकर्षक बल्व, तापक्रम मापन यन्त्र, तौल जोख्ने मेसिन, नेपालको नक्सा आदि देख्‍न सकिन्छ ।

बैठक कोठासँगै वाथटपसहितको आधुनिक बाथरुम छ भने मद्यपान सेवन गर्ने सानो बारमा मदिरा सर्भिस गर्ने सानो ट्रली, टेबल ल्याम्प, चुरोट राख्‍ने भाँडा, हिटर आइरन पनि अवलोकन गर्न सकिन्छ । पहिलो तलामा खोपी नं. १ राजा महेन्द्रको सयन कक्षमा सोफासेट, पलङ, ड्रेसिङ टेबल, कोट राख्‍ने हेङ्गर, बसेर जुत्ता लगाउने कुर्ची, राजपरिवारका फोटो, भित्ते घडी, तापक्रममापन यन्त्र, सिसाको टेबल, ¥याक, कार्पेटहरू, पाण्डमा तौल जोख्‍ने मेसिन, पर्दा, हतियार, कपडा सुकाउने हिटर, सजावटका सामग्री, मयुरको प्वाँखका कलम तथा महेन्द्रको डायरी, जग, कप डस्टबिन आदि राखिएको छ । खोपी नं. २ मा राजा महेन्द्रका छोरीहरूका लागि सुविधासहितको दुई वटा बेडको कोठा सजाइएको देखिन्छ ।

तेस्रो तलाको टिभी हलमा सार्प टिभी., फिलिप क्यासेट प्लेयर टेलिफोन सेट टिभी., टिभी ¥याक, बी/डब्लु फोटोहरू, दराज, देवीका कलात्मक मूर्ति, नेपाली कार्पेट आदिले सजाइएको टिभी हलसँगै सुविधायुक्त स्नान घर तथा शौचालय छ । सोही तलामा आठ वटा कुर्ची सेट डाइनिङ टेबल तथा आधुनिक चुलोसहितको किचन निर्माण गरिएको छ । त्यसै गरी सात वटा बेडसहितको पाहुना कक्ष, तत्कालीन राजा रानीलाई विभिन्न व्यक्ति तथा राष्ट्रबाट प्रदान गरिएका उपहार, स्टोर रुम, गैँडा तथा बाघ, चितुवा, मृग आदिका छाला दियालो दरबार सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

विसं २०२८ माघ १६ गते राजा महेन्द्रको यही दियालो बङ्गला दरबारमा हृदयघात भई देहवसान भएको थियो । त्यसपछि राजा वीरेन्द्रको पालामा यस दरबारमा थप निर्माण कार्य भए । विसं २०६३ मा राजतन्त्रको अन्त्यपछि राजपरिवारको स्वामित्वमा रहेका सम्पूर्ण सम्पति राष्ट्रियकरण भई नेपाल ट्रस्टको स्वामित्वमा रहन गयो । सहरको नजिकै रहेको दियालो बङ्गलाको जमिन सदुपयोग नभएको अवस्थामा स्थानीय टोल सुधार समिति, राजनीतिक दल तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले २०६८ जेठ २ देखि दियालो बङ्गला दरबार परिसरभित्र बाल उद्यान बनाउन प्रयास गरेका थिए । जसका लागि २०७१ साउन २६ सरोकारवाला दियालो उद्यान विकास संस्था गठन गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो । पटक पटकको प्रयासले पनि स्थानीयले नेपाल ट्रस्टसँग सम्झौता गर्न सकेका थिएनन् ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको चल सम्पत्ति सदुपयोग गर्न मिति २०७३ वैशाख ८ बसेको ट्रस्टको बोर्ड बैठकले ऐतिहासिक सम्पदा दियालो बङ्गला दरबारलाई सर्वसाधारण नागरिकका लागि खुलाउने आय आर्जन गर्ने निर्णय ग¥यो । भरतपुर भ्रमण वर्षमा नयाँ पर्यटकीय गन्तव्य विस्तार गर्ने क्रममा दियालो बङ्गला दरबारलाई राजतन्त्रको सुरुवातदेखि अन्तसम्मको सजीव सङ्ग्रहालयका रूपमा चितवनकै उत्कृष्‍ट गन्तव्य बन्न सक्छ । गत वर्ष माघ महिनामा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पहिलो पटक दरबार क्षेत्रको अवलोकन गर्नुभयो । तत्कालै सम्बन्धित निकायमा सम्पर्क एवं समन्वय गर्नु भयो । वहाँको विशेष प्रयासबाट छोटो समयमै मिति २०८०/१२/९ मा नेपाल ट्रस्टसँग दियालो बङ्गला दरबार सर्वसाधारणका लागि खुला गर्ने भनी महानगरपालिकासँग सम्झौता भयो । २०८२ असार ३२ सम्म अवधि रहेको उक्त सम्झौता नवीकरण गर्न सकिने सर्त उल्लेख गरिएको छ । २०८१ असार २३ गतेदेखि खुला गरिएको सङ्ग्रहालयमा दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

भरतपुर भ्रमण वर्ष र सङ्ग्रहालय

विभिन्न विपत्बाट सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न भरतपुर महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा नेपाल पर्यटन बोर्ड प्रवर्धक रही आयोजना गरिएको बृहत् प्रवर्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ को समुद्‍घाटन भयो । महानगरपालिकामा भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, पर्यटकको सङ्ख्या र बसाइ अवधि लम्ब्याउने उद्देश्य छ । दिगो पर्यटन विकासबाट आर्थिक तथा सामाजिक परिवर्तन ल्याउने उद्देश्यले आयोजित भरतपुर भ्रमण वर्षमा छ महिनाको अवधिमा करिब ५० वटा कार्यक्रम तथा आयोजना सम्पन्न भई सकेका छन् । आगामी दिनमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा जङ्गल सफारी मार्ट, हेरिटेज, म्याराथन, देवघाटधाम महोत्सवलगायत गोष्ठी तथा प्रदर्शनी, रैथाने खाना महोत्सव, खेलकुद तथा पर्यापर्यटनका विभिन्न कार्यक्रम आयोजना हुँदै छ ।

भौगोलिक रूपमा सहज पहुँचको कारण अत्यधिक अवलोकनकर्ता आउने सम्भावना भएकाले यहाँको पर्यापर्यटन वातावरण सुरक्षित हुने गरी अवलोकनको व्यवस्था गर्नु पर्छ । दरबार पुरानो भएकाले एकै पटकमा धेरै पाहुनालाई प्रवेश गर्न दिनु हुँदैन । अवस्था अनुसार त्यहाँको भारवहन क्षमता अनुरूप प्रवेश व्यवस्थापन गर्नु पर्छ । प्रवेशद्वारदेखि सौन्दर्यकरण गरी तत्काल क्यान्टिन, पार्किङ प्रतीक्षालय र टिकट घरको व्यवस्था गर्नु पर्छ । सङ्ग्रहालय विस्तार गर्न दरबारमा केही कक्ष निर्माण पनि गर्नु आवश्यक छ । महानगरको इतिहासदेखि वर्तमानसम्मका महत्वपूर्ण तस्बिरसहितको ग्यालरी निर्माणलाई पनि प्राथमिकता दिनु पर्छ । यसलाई अध्ययन केन्द्रका रूपमा विकास गरी पूर्व राजपरिवार तथा राजसंस्थासँग सम्बन्धित थप सामग्री जोड्दै जानु उत्तम हुन्छ । दियालो दरबारको आकर्षक ब्रोसर निर्माण गरी हरेक होटलमा टुर प्याकेजमा समावेश गराउनु पर्छ । अध्ययन केन्द्र, बाल उद्यान, बगैँचा, प्रतीक्षालय आदि वातावरणमैत्री दिगो विकास गरेमा ऐतिहासिक दियालो बङ्गला दरबार सङ्ग्रहालय चितवन जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गन सकिन्छ ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.