वैशाख १२ ,काठमाडौं ।स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो ।
भालेकानोलाई जित दिलाउन अल्भारो गार्सियाले निर्णायक गोल गरे ।उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।बार्सिलोनाको यो घरेलु मैदानमा सिजनको तेस्रो हार हो ।बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा तीन हार व्यहोरेको हो ।
यस हारसँगै बार्सिलोनाले ३३ खेलमा ६३ अंक जोडेको छ ।बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।भालेकानो ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


