• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

धिरज मगर र उपासना सिंह ठकुरीको फिल्म ‘खुस्मा’लाई दर्शकको साथ

  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज ४
संविधान दिवसको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको छ । सिनेमाले हाउसफूल सुरुवात गरेपछि विहानैबाट मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

वितरक गोविन्द शाहीका अनुसार सिनेमाको बिहानी शोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यपारको सुरुवात गरेको थियो । दिउँसोका अधिकांश शोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको भएपनि त्यसमध्येका धेरै शोहरु हाउसफूल भएको बताए । सिनेमाले राम्रो सुरुवात गरेसँगै केही हलले साँझ र रातिका शो समेत बृद्धि गरेको वितरक शाहीको दाबी छ ।

सिनेमाले काठमाडौं उपत्यका र मोफसफका ठुला शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका शहरमा सिनेमाको बिहानी शोबाट नै दर्शकको चाप हलमा देखिएको निर्देशक तथा निर्माता अशोक थापा मगरले बताए ।

यस्तै, बिहीबार सिनेमा हरेका अधिकांश दर्शकले सिनेमाको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन् । जसको प्रत्यक्ष फाइदा भोली शुक्रबारलाई मिल्ने निश्चित देखिएको छ । सिनेमा हलमा अनलाइन टिकट बुकिङ साइट हेर्दा पनि दर्शकले तिब्र गतिमा टिकट किनिरहेको देख्न सकिन्छ । जसले गर्दा सिनेमालाई संविधान दिवसको फाइदा राम्रै भएको बुझिन्छ ।

यता, भोली शुक्रबारका लागि देशभरका मल्टीप्लेक्सदेखि सिगंल स्क्रिनसम्मले ‘खुस्मा’को शो थपेको देख्न सकिन्छ । बिहीबार करिब दुई सय शो पाएको सिनेमाले शुक्रबारका लागि तीन सय आसपासमा शो पाउने देखिएको वितरक गोविन्द शाही बताए । दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथले सिनेमाको शनिबारको व्यापार आक्रामक हुने विश्वास वितरकको छ ।

सिनेमाको प्रचार सामाग्री ‘रुकुम मैकोट’ गीत र टिजर तथा ट्रेलरले दर्शकमाझ बनाएको हाइपको फाइदा सिनेमालाई मिलेको हो । यो गीत अहिले पनि युट्युब ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको शिर्ष स्थानमा छ । योसँगै सिनेमाका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले रुचाएका छन् । सिनेमा हेरेका अधिकांश दर्शकले सशस्त्र द्धन्द्धकालको कथामा आफुलाई पाएको बताएका हुन् । साथै, हरेक नेपालीले हेर्न पर्ने सिनेमा ‘खुस्मा’ बनेको प्रतिक्रिया पनि दर्शकको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.