दसैँ तिहार नजिकिएसँगै काठमाडौंमा चङ्गा र धागोको व्यापार सुरु भएको छ ।
चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चङ्गा उडाउने र एक आपसमा रमाइलो गरेर मनाउने गर्दछन् ।

तर दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।

तपाईको प्रतिक्रिया



