• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल

फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज २१
आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।

पोस्टरमा रेलको लिकमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शीरमा ह्याट लगाएर कालो ब्याग बोकेकी छन् । उनले सेतो रंगको जुत्तासमेत लगाएकी छन् ।

त्यस्तै सर्ट र पेन्टको गेटअपमा देखिएका नाजिरले शीरमा ह्याट लगाएका छन् भने जुत्ता पनि सेतै रंगको छ । पृष्ठभूमिमा फिल्मका अर्का कलाकार दुरा सञ्जय गुप्ता रातो रंगको हिरो होण्डा मोटरसाइकलमा छन् । कालो चस्मा लगाएर काँधमा गाम्छा भिरेका सञ्जयले पान खाएको देख्न सकिन्छ । सञ्जयको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेललाई राखिएको छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ । पोस्टर आशिस सापकोटाले डिजाइन गरेका हुन् ।यो फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाहको विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

 

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.