• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

हिमेश पन्तको दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनको तयारीमा

  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज २२
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका कलाकार हिमेश पन्त यही बिहीबार फूलपातीको दिनबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन् । डेब्यू फिल्म ‘वर एण्ड बधु’ पछि हिमेशको यो दोस्रो फिल्म हो ।

वर एण्ड बधुमा अनुबन्धित भएपछि बीचको केही समय उनी राजनीतिमा आबद्ध भए । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रतिनिधित्व गर्दै उनी धादिङबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार नै भए । तर उनले चुनाव जित्न सकेनन् ।

‘राजनीतिमै हुँदा मलाई फिल्मको अफर आएको हो । उहाँहरुले ‘तपाईं त राजनीतिमा हुनुहुन्छ, अब फिल्म गर्नुहुन्न कि के छ ? कमव्याक हुने कि नहुने ? भनेर सोध्नुभयो । मेरो चाहना कमेडीमा कमव्याक हुने नै थियो । फिल्म भनेको त ठूलो पर्दाको कुरा भयो । केही शो गर्ने पनि योजना थियो । अहिले कमेडी दरबार गरिरहेको छु । यही क्रममा ‘ज्वाइँ साब’को कुरा आयो र फिल्ममा जोडिएँ’, हिमेश भन्छन् ।
‘ज्वाइँ साब’ आफ्नो लागि फरक रहेको हिमेशको बुझाई छ । ‘ज्वाइँ साबको स्क्रिप्ट पढ्दा हाँसेको हाँसेकै भएँ । फिल्मले राम्रै गर्ला जस्तो महशुस भएर यसमा जोडएँ । ज्वाइँ साबको जस्तो कथा मैले यसअघि सुनेको थिइनँ र कथा कमेडी क्रिएट गर्ने किसिमको छ । कमेडीमा फर्मुला हुन्छ । तर, यसमा अलिकति बढी केही निस्कियो भने त्यसले कमेडी क्रिएट गर्छ’, उनले भने ।

हिमेशका अनुसार फिल्ममा उनी ‘घने’ क्यारेक्टरमा छन् । ‘घनेसँगै जितु नेपाल दाई, बुद्धि तामाङको पारिवारिक पृष्ठभमि फरक हुन्छ । त्यो पात्र विदेश जाने सोच बनाउँछ, तर जाँदैन । उसको मिसन नै फरक हुन्छ । मैले मध्यम वर्गीय परिवारको अनेक समस्या भोगेको युवकको भूमिका निभएको छु’, हिमेश भन्छन् ।

फिल्मको ट्रेलरमा हिमेशले ज्वाइँ बन्नका लागि अन्य कलाकारसँगै प्रतिष्पर्धा गर्छन् । उनले ज्वाइँ बन्न निकै संघर्ष गर्नु परेको खुलाए । तर वास्तविकतामा भने त्यस्तो संघर्ष अहिलेसम्म गर्नु नपरेको उनले बताए । ‘म आफ्नो फिल्डमा केही न केही राम्रै गरिरहेको मान्छे हुनाले सजिलो पनि छ । प्रस्तावहरु पनि टन्नै आउँछ । म आफैं त्यसमा जान चाहन्नँ । काममा फोकस छु’, उनी भन्छन् ।

हिमेश कमेडी पछि एक्सन फिल्म गर्न चाहन्छन् । ‘कमेडीबाहेक मलाई एक्सन जनरामा सुट गर्छ जस्तो लाग्छ । मैले फिल्म ‘शमशेर’मा अनुहारको आधा भाग चलेको क्यारेक्टरमा अभिनय गर्न साइन गरेको थिएँ । तर फिल्म बनेन् । मेरो चासो एक्सनमा पनि छ’, उनी भन्छन् ।
हिमेशलाई फिल्ममा ‘हिरो’ अथवा ‘लिड क्यारेक्टर’ मा काम गर्ने इच्छा छ । ‘अहिले तुरुन्तै भन्ने छैन । कामको अनुभव लिएपछि भविष्यमा म आफूले बबालै गर्न सक्छु भन्ने लागे पछि मात्र हिरो अथवा लिड क्यारेक्टरमा काम गर्छु’, उनी भन्छन् ।वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.