• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

निर्देशक वसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ भोलिबाट प्रदर्शनमा आउदै

  •   बुधबार, असोज २३, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज २३
निर्देशक वसन्त निरौला भोलि फूलपातीको दिनबाट फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन् । फिल्म ‘विजयपथ’बाट निर्देशनमा पाइला चालेका वसन्तले ‘ज्वाइँ साब’ सम्म आइपुग्दा एक्सन, प्रेमकथा र राजनीतिकसँग जोडिएको फिल्मसमेत निर्देशन गरे ।

‘पहिला मलाई एक्सन फिल्म मनपथ्र्यो । मैले जुन समयमा फिल्म निर्देशनमा डेब्यू गरें, त्यो समयमा एक्सनकै नेपाली फिल्महरु चलिरहेका थिए । त्यो समयमा निखिल उप्रेतीहरुको एक्सन फिल्म चल्थ्यो । अहिले पनि चल्छ । त्यो बेला फरक समय थियो’, वसन्त भन्छन्, ‘अहिले चाहिँ कमेडीमा फरक केही गरौं कि भन्ने सोचिरहेको थिएँ । हामीले झण्डै डेढ वर्षको योजना पछि यो फिल्म तयार पारेका हौं ।’

वसन्तले फिल्मका लेखक सबिन अधिकारीले आफूलाई ‘ज्वाइँ साब’को कन्सेप्ट सुनाएपछि काम गर्न सहमत भएको खुलाए । ‘लेखिरहने मान्छेसँग धेरै कन्सेप्ट हुन्छ । अरु कन्सेप्ट पनि आएको थियो । ज्वाइँ साबको कन्सेप्ट आएपछि मलाई यो फिल्म गर्न पाए जस्तो लाग्यो । ज्वाइँ साबमा कथा सामान्य छ, हामीले समाजमा देखिरहेको कथा नै हो’, उनी भन्छन् ।

उनले फिल्मको स्क्रिप्टमा काम गरिरहँदा जितु नेपाल भन्दा पनि हाम्रो विषयलाई न्याय गर्न सक्ने एकजना कमेडी कलाकार खोजेको बताए । उनले स्क्रिप्ट फाइनल भइसकेपछि मात्र जितु नेपाललाई भेटेर कथा सुनाएको र उनी सहमत भएपछि मात्र अन्य कलाकार चयनको काम अगाडि बढेको खुलाए ।

वसन्तले फिल्मको कथाले दर्शक ‘कनेक्ट’ गर्नेमा आफूमा ढुक्क रहेको दाबी गरे । ‘विवाह गर्दा बेहुलीलाई घरमा भित्र्याउन चलन छ । हामीले फिल्ममा बेहुलीको स्थानमा बेहुलालाई भित्र्याएका छौं । केटा मान्छे विवाह गरेर अर्काको घरमा भित्र्दा के हुन्छ भनेर परिकल्पना गरेका हौं । ‘ज्वाइँ साब’ महिला प्रधान फिल्म हो । त्यसकारण पनि फिल्म दर्शकमाझ प्रिय हुन्छ भन्नेमा ढुक्का छौं’, उनले भने ।

उनले ‘ज्वाइँ साब’ पूर्णतया कमेडी मात्र नभई ‘इमोसनल’ फिल्म पनि भएको बताए । ‘फिल्ममा एक समयसम्म कमेडी नै लगेका छौं । कमेडीसँगै इमोसन पनि छ । ‘ज्वाइँ साब’मा जितु नेपालले निर्वाह गरेको गोबद्र्धन पण्डित पात्रमा बसेर जुनसुकै लिंगका दर्शकले हेर्यो भने त्यो फिल्म हरेक मान्छेलाई कनेक्ट गर्छ । दर्शकले मिठो विषयमा सामान्य कथा, गाउँघरको र समाजको कथा हेर्न पाउनुहुनेछ’, उनले भने ।
फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.