काठमाडौं ,असोज २५
भारतको मुम्बईमा बसेर नेपाली कला क्षेत्रमा योगदान पुराउने कलाकार तथा मोडल हुन् चन्दु ताम्राकार हुन् । बिदेशी भूमिमा बसेर पनि नेपाली कलाकारिता मार्फत आफुलाई चिनाउन सफल छन् ।

मुम्बई आसपासमा हुने नेपाली साँस्कृतिक कार्यक्रममा समेत चन्दुले आफ्नो प्रस्तुति दिने गरेका छन्। केहि म्युजिक भिडियोमा अभिनय गरेका चन्दु ताम्राकारले मुम्बईको रमणीय ठाउमा नेपाली गीतको भिडियोमा समेत अभिनय गरेका छन् ।

विजया दशमीको अबसरमा भारतको पुना मुम्बई नाशिक जामनगर र राजकोटमा हुन लागेको बृहत साँस्कृतिक कार्यक्रममा मोडल चन्दु ताम्राकारले आफ्नो प्रस्तुति दिदै छन् ।
यस कार्यक्रममा नायक प्रकाश बिसीको पनि उपस्थिति रहेन छ । मुम्बईमा बसेर नेपाली कला क्षेत्रमा योगदान पुराउने एक दर्जन भन्दा बढी कलाकारहरु साथमा भोलि दशैंको दिनमा बृहत साँस्कृतिक कार्यक्रममा सम्पन्न हुदैछ ।


