वैशाख १८ , काठमाडौं। मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे ।
राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्द कृष्ण,रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय इनिङ खेले ।
रविचन्द्र आश्विनले २१, द्र्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए ।मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २/२ विकेट लिए ।यस जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ ।
मुम्बईले लगातार ८ खेलमा हार व्यहोरेपछि नवौं खेलमा जित निकालेको हो ।मुम्बई पुछारमै रहेको छ ।राजस्थानले ९ खेलमा १२ अंक जोडेको छ ।राजस्थान दोस्रो स्थानमा रहेको छ ।


