बैशाख १९ ,काठमाडौं । साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।पुनेमा आइतबार राति सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै चेन्नईले तेस्रो जित निकालेको हो ।
चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।हैदरावादका लागि निकोलस पुरनले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । कप्तान केन विलियम्सनले ४७ रन बनाए । अविशेक शर्माले ३९ रन जोडे ।चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन जोडेको थियो ।चेन्नईका लागि रुतुराज गायकवाडले ९९ रनको अर्धशतकीय इनिङ खेले । डेभोन कोन्वेले अविजित रहदै ८५ रनको अर्धशतकीय इनिङ खेले । कप्तान महेन्द्र सिंह धोनी ८ रनमा आउट भए ।
हैदरावादका टी नटराजनले २ विकेट लिए ।जितसँगै चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ ।चेन्नई नवौं स्थानमा रहेको छ ।हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।


