• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सौतेनिया पोखरी ओझेलमा

  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित

महोत्तरी जिल्लाको मात्रै नभई सम्भवतः यस भेगकै सबभन्दा ठुलो पोखरीको रूपमा चिनिएको रामगोपालपुर ३ दोलाढीका सौतेनिया पोखरी ओझेलमा परेको छ ।

पिकनिक स्पट, डुङ्गा सयर, शान्त र रमणीय ठाउँको रूपमा त्यसलाई विकास गर्न सकिने भए पनि प्रचारप्रसार हुन नसक्दा सो पोखरी ओझेलमा परेको रामगोपालपुर नगरपालिकाका वयोवृद्ध लक्ष्मी मण्डलले जानकारी दिनुभयो । करिब २२ बिघामा फैलिएको सो पोखरी सम्भवतः नेपालकै सबभन्दा ठुलो पोखरी हुन सक्ने दाबी गर्नुहुँदै मण्डलले भन्नुभयो, “उचित प्रचारप्रसार नहुँदा तथा पोखरीमा प्रचारप्रसारका लागि अत्यावश्यक काम हुन नसक्दा पोखरीबारे धेरै जना अनभिज्ञ छ ।”

जलेश्वर जनकपुर सडकखण्डबाट करिब १०० मिटर पश्चिममा पर्ने सो पोखरी ९४५ हाथ लामो भएको जनाइएको छ । स्थानीय वयोवृद्ध मण्डलले स्थानीय पालिका निर्माण भएपछि पोखरीबारे चासो, चिन्ता र कामहरू केही भए पनि अपेक्षाकृत हुन नसकेको बताउनुभयो ।

रामगोपालपुर एफएमका सञ्चालक किशोर कुमार ठाकुरले सौतेनिया पोखरी कुनै राजा, महराजाहरूले सुखसयलका लागी निर्माण गराएको हुनसक्ने स्थानीयवासीहरूको भनाइ छ । कतिपयले सो क्षेत्रमा विगतमा गढ समेतले पोखरी ऐतिहासिक रहेको बताउनुभयो । सौतेनिया पोखरीको वरपर विगतमा कुनै गढ वा के थियो त्यो भने अनुसन्धानको विषय रहेको बताउनुहुँदै युवा ठाकुरले स्थानीय पालिकाले सो क्षेत्रलाई उत्खनन् गराउनुपर्ने सल्लाह दिनुभयो ।

स्थानीय बुढापाकाहरूले करिब २२ बिघामा फैलिएको पोखरीको बिचमा खेतको आलीझै दुई भाग देखिएकोले पोखरीको नाम सौतेनिया रहेको बताउनुहुँदै पोखरीको डिलमा सौतेनिया माई तथा पोखरीको पूर्वपट्टी शिव निल महादेवको मन्दिर समेत रहेको छ । कतिपय स्थानीयवासीहरूले सो पोखरीभित्र दुई वटा इनार भएको कारण सो पोखरीलाई सौतेनिया पोखरी भनिँदै आए पनि के कारणले सौतेनिया पोखरी नामाकरण गरिएको हो त्यस्को अनुसन्धान गर्नु आवश्यक रहेको युवा किशोर ठाकुरले बताउनुभयो ।

हालै सो पोखरीको भ्रमण गरेर आउनुभएका जलेश्वरका युवा जितेन्द्र पासवानले चारै तर्फ रुखहरूको बिचमा शान्त र मनोरम देखिने सौतेनिया पोखरीको उचित विकास र संरक्षण जरुरी रहेको बताउनुभयो । रामगोपालपुर नगरपालिकाको ११ औं नगर सभाले सौतेनिया पोखरी र अन्य पोखरी समेतलाई सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि आवश्यक रणनीति अपनाइने उल्लेख गरेबाट पनि सो पोखरीको ऐतिहासिकतालाई पुष्टि गर्ने नगरप्रमुख रामदुलार साहले बताउनुभयो ।

नगरप्रमुख साहले नगरभित्रका प्राचिन मठमन्दिर, गुठी, ताल, तलैया, पोखरीहरूको स्तरोन्नती र संरक्षणका लागि नगरपालिकाले कामकाज गरिरहेको बताउनुहुँदै सङ्घीय सरकारको समपुरक अनुदानबाट सौतेनिया पोखरीमा गेट, घेरा तथा धर्मशाला लगायतका कामहरु भइरहेको बताउनुभयो ।

बर्दिवास जलेश्वर राजमार्गमा पर्ने सो पोखरीबारे अनुसन्धान गरिए थप कुराहरू बाहिर आउने र ऐतिहासिक दस्तावेज समेत हुने भएकोले सो को अनुसन्धान हुनुपर्ने माग स्थानीयवासीहरूको छ । पर्यटन विकासमा सौतेनिया पोखरीले समेत टेवा दिने भएकोले स्थानीय पालिका, प्रदेश सरकार समेतले यसलाई चासो दिई उत्खनन् र अनुसन्धान गर्नुपर्ने स्थानीय वयोवृद्ध लक्ष्मी मण्डलले बताउनुभयो ।

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.