बैशाख २१ , काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ।मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो ।पन्जाबका लागि शिखर धवनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै भानुका राजपाक्षेले ४० रन बनाए ।
लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए । जोनी बेयर्सटो १ रनमा आउट भए ।गुजरातका मोहमद शामी र लक्की फर्गुसनले १/१ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।
गुजरातका साई सुदर्शनले अविजित ६५ रन बनाए । रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११ रन जोडे ।पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।
जितसँगै पन्जाबले १० खेलमा १० अंक जोडेको छ ।पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।गुजरातको यो दोस्रो हार हो ।गुजरात १० खेलमा ८ जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।


