• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

प्रारम्भिक चरणमा पहिचान भए क्यान्सर रोग निर्मूल हुने

  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

काठमाडौँ- क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो ।

“क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो । क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ ।”

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राख्नुभयो । उहाँले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिनुभयो ।

“क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्कनुभएको छ”, उहाँले भन्नुभयो, “तेस्रो र चौथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ । ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ ।”

क्यान्सरका चार चरण

क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उहाँको भनाइ छ । उहाँले नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उल्लेख गर्नुभयो ।

डा शाहीले फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर बढेर कहीँ पनि गएको छैन भने त्यसलाई चरण शून्य, अलिकति क्यान्सर बढेर गयो भने पहिलो चरण, फोक्सोमा अलि धेरै क्यान्सर फैलियो भने दोस्रो चरण, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने तेस्रो चरण र त्यहाँबाट अर्को अङ्ग कलेजो, पेटमा गयो भने त्यसलाई चौथो चरण भनिने जानकारी दिनुभयो ।

नेपालमा सस्तो उपचार

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ । क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उहाँले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने विचार राख्नुभयो ।

उहाँले सरकारी अस्पतालमा रु ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा रु पाँच लाखसम्म लाग्ने बताउनुभयो । “सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ । साथै सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि रु एक लाख उपलब्ध गराउने गर्दछ”, उहाँले भन्नुभयो ।

क्यान्सर हुनुका कारण

क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीले बताउनुभयो ।

“भातदाल तरकारी र अचार नखाएर हामी बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाने गर्दर्छौँ, यसले क्यान्सरको जोखिम बढाउँछ”, उहाँले भन्नुभयो ।

उहाँले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्नसके क्यान्सरलाई कम गर्न सकिने धारणा राख्नुभयो । उहाँका अनुसार शरीरको कोष तथा कोषिकाको समूह अस्वाभिक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास निर्माण, मृत्यु हुनेसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन रहेको हुन्छ, त्यही जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने गर्दछ ।

उहाँले जिनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य पदार्थको सेवन, मादक पदार्थ सेवन, अखाद्य तत्व प्रमुख रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा वर्षमा एक लाख क्यान्सरका बिरामीको उपचार हुने गरेको छ ।

दैनिक पाँच सय बिरामी उपचारका लागि आउने गरेका छन् । हरेक दिनमा ४० देखि ५० जना बिरामीको किमोथेरापी र एक सय ५० जना रेडिएसन (सेकाइ)का लागि आउने गर्दछन् । उहाँले समयमा उपचार नगरे भने बिरामीको ज्यान पनि जानसक्ने जोखिम रहेको बताउनुभयो ।

‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकीरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमणहरू रहेका छन् ।

विकासोन्मुख देशमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमणले हुने गरेको छ । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी हुने गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।

पछिल्लो सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार छ सय २९ जनाको मृत्यु भएको थियो । उहाँले नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य रहेका जानकारी दिनुभयो ।

पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।

क्यान्सर रोकथामसम्बन्धी सरकारका कार्यक्रम

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सरपीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि रु एक लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप रु एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।

नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाई आगामी चार वर्षसम्म ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.