• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

कलाकार बन्न आएका दीपकप्रसाद घिमिरे फिल्म ‘जुनाः एक व्यथा’ बाट निर्माता बने

  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

काठमाडौं , माघ २२
झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब फिल्मवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् ।

कलाकारिताको मोहलाई छोडेर सरकारी काममा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर सातदोबाटोस्थित घिमिरेको कार्यालय पुगेका रहेछन् । आफूले चिनेका एक भाईमार्फत जीवन उनको सम्पर्कमा पुगेका थिए ।‘त्यो भाईले एउटा राम्रो स्क्रिप्ट छ, फिल्म बनाउनुपर्यो दाई भनेर आउनुभयो । मैले सुरुमा वास्ता गरिन्, तर दुई तीन पटक नै आएपछि जीवनजीको फिल्मप्रतिको लगाव, माया र उहाँले मेरो लागि फिल्म नै सबैथोक हो, फिल्मबाटै आफ्नो लगानी र क्यारियरलाई बलियो र सुरक्षित बनाउनेछु भनेपछि उहाँको लगावप्रति म नतमस्तक भएँ । अनि फिल्म बनाउन सहमत भएँ’, दीपक भन्छन् । दीपकले निर्देशक जीवनले फिल्म पूर्ण रुपमा बाल विवाहलाई केन्द्रीत गरेर निर्माण गर्ने बताएपछि फिल्म निर्माणमा इच्छुक भएको बताए ।

दीपकले फिल्मको स्क्रिप्ट पुरा पढेका रहेनछन् । ‘म स्क्रिप्ट भन्दा पनि जीवनजीको आत्मविश्वासमा सहमत भएँ । बिहानदेखि बेलुकासम्म फिल्मकै लागि लागेको मान्छेले पक्कै केही गर्छ भन्ने मलाई लाग्यो । मलाई फिल्म उद्योगमा छिर्नु नै थियो । त्यसमाथि जीवनजीजस्तो आत्मविश्वासले भरिएको निर्देशक भेटेपछि मैले यही अवसर रोजें’, दीपक खुल्छन् ।

फिल्म निर्माण गर्ने निर्णय लिएपछि उनले गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालि नामक कम्पनी दर्ता गरे । त्यही कम्पनीमार्फत उनले ‘जुनाः एक व्यथा’ निर्माण गरेका हुन् । सामाजिक सन्देशका फिल्ममा चासो राख्ने दीपक त्यस्तै सन्देशमूलक फिल्म कम्पनीमार्फत अझ बढी बनाउन चाहन्छन् ।

दीपकका अनुसार जीवनले फिल्म बनेपछि स्कुल, गाउँपालिका, नगरपालिकामा विशेष शो गर्न सकिने र अन्तर्राष्ट्रिय बजारमा पनि लैजान सकिने भन्दै ‘कन्भिन्स’ गरेका रहेछन् । ‘शिक्षा मन्त्रालयमा हामीले फिल्म देखाएका थियौं । त्यहाँ मैले पुरा फिल्म हेरें । त्यो फिल्मपछि मात्र मैले जीवनजीलाई पूर्ण रुपमा चिनें । किनकी फिल्म मैले सोचेभन्दा राम्रो बनाउनुभएको रहेछ । फिल्म हेरेपछि मात्र मेरो डर हट्यो । किनकी जीवनजी र भौगोलिक हिसाबले पनि फरक स्थानको भएकाले पनि के हुने हो भन्ने डर थियो’, उनी भन्छन् ।

फिल्मसँग जोडिने भनेको कलाकार अर्थात् स्टारडम नै हो । फिल्म ‘जुनाः एक व्यथा’का केही कलाकारबाहेक अधिकांश अनुहार नयाँ नै छन् । ‘स्टारडमसँगै व्यावसायिक फिल्म आउन थाले । त्यसकारण पनि हामीलाई फिल्म रिलिज गर्न केही समय गाह्रो भयो । हामीले त कन्टेन्टमा आधारित फिल्म बनाएका थियौं । त्यसपछि परीक्षणका रुपमा गाउँपालिका, नगरपालिका र स्कुलमा विशेष शो गर्यौ । त्यहाँको शोले अत्यन्तै राम्रो प्रतिक्रिया पायौं । फिल्मले दर्शकलाई भावुक बनाएपछि फिल्म सफल हुन्छ भन्नेमा ढुक्क भयौं’, दीपक भन्छन् । ग्रासरुटका कलाकार लिएर फिल्म बनाएकाले पनि दीपक फिल्म ‘जुनाः एक व्यथा’लाई प्राकृतिक फिल्म भन्छन् ।

दीपक ‘जुनाः एक व्यथा’लाई ४५ वर्षदेखि ७० वर्ष उमेर समूहका आमाहरुको कथा भन्न रुचाउँछन् । ‘मेरी आमाले १४ वर्षको उमेरमा मलाई जन्म दिनुभयो । जुनाको कथाजस्तै बाल विवाह पछि म जन्मिएँ । जुनाः एक व्यथा सबै आमाको कथा हो’,उनी भन्छन्, ‘फिल्म हेरेपछि बच्चाहरुले बाल विवाह गर्नु हुँदैन र कतिपयले विवाह नै गर्न नहुने रहेछ भन्ने सम्म सोच्न सक्छन् । नारीमाथि बाल विवाहको कारण हिंसा हुनु, अन्याय हुनु पीडादायी हो । त्यो पीडा फिल्ममा छ । यो फिल्मले हरेक उमेर समूहलाई छुन्छ ।’

दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको फिल्म ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.