• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

तिमाङको आगलागी अझै नियन्त्रणमा आउन सकेन

  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

मनाङको जङ्गलमा झन्डै चार वर्षपछि आगलागी भएको छ । २०७७ साल मङ्सिर २ गतेदेखि सल्केको आगोले तत्कालीन अवस्थामा १२ सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट गरेको थियो । दुई महिनासम्मको अथक प्रयासपछि मात्रै सो आगलागी नियन्त्रण आएको थियो, त्यो पनि हिउँ परेपछि मात्रै ।

त्यसको ४ वर्षपछि तिमाङको जङ्गलमा शुक्रबारदेखि आगलागी भएको छ । यो आगलागी पनि नियन्त्रणमा आउन सकेको छैन । चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको आगो मङ्गलबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाका तीनवटै सुरक्षा निकाय आगो निभाउनका लागि परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिनुभयो । यद्यपि आगो निभाउने प्रयास भने जारी छ ।

मानव बस्ती भन्दा टाढाको भूगोलमा आगलागी भएकाले त्यति जोखिम नभएको प्रजिअ आचार्यले बताउनुभयो । मङ्गलबार पनि तीनवटै सुरक्षा निकायका टोली र स्थानीय आगलागी नियन्त्रणमा खटिए पनि सफलता हात पर्न सकेको छैन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको बताउनुभयो । उहाँले सुक्खा याम तथा भिरालो भूगोल भएकाले नियन्त्रणमा लिन कठिन भएको बताउनुभयो । यसपालि हिउँ नपर्नु तथा सुख्खायाम हुँदा वनजङ्गलमा रहेका काठका ठुटा, रुखमा रहेका झ्याउ, पातपतिङ्गर, सुकेका घाँस आदिले गर्दा आगो झन्झन् फैलिएको छ ।

आगलागीबाट वनका अमूल्य जडीबुटी नाश हुने जोखिम बढेको छ । एकातिर वन लसुन, लौठसल्ला, जटामसी, पाँचऔँले, गुच्ची च्याउलगायत जलेर नष्ट हुने जोखिम बढेको छ भने अर्कोतिर वन्यजन्तु तथा चराचुरुङ्गी वासस्थानमा पनि प्रभाव परेको छ ।

चौंरी, भेडाबाख्रा, च्याङ्ग्राको चरन क्षेत्र नाश हुने सम्भावना बढेको प्रमुख भुजेलले जानकारी दिनुभयो । मनाङमा यही मङ्सिर यता मात्रै ताल, आइसलेक तथा पिसाङ भीरमा आगलागी भइसकेको छ । विगत वर्षहरूको जस्तो जोखिम बढ्न नदिन सतर्क रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.