बैशाख २४ , काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।शुक्रबार राति भएको खेलमा युभेन्ट्सलाई जिनोआले २-१ गोल अन्तरले हराएको हो ।खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो ।
खेलको ४८ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।तर,८७ औं मिनेटमा अल्बर्टले गोल गर्दै जिनोआलाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको इन्जुरी समयमा डोमिनिकोले गोल गर्दै जिनोआलाई २-१ को जित दिलाए ।
यस जितसँगै जिनोआले ३६ खेलमा २८ अंक जोडेको छ ।जिनोआ १९ औं स्थानमा रहेको छ ।युभेन्ट्स ६९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


