• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल

फिल्म ‘अन्जिला’ प्रचार प्रसारको लागि निर्देशक मिलन चाम्स एक्लै मोफसलमा

  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन २०
यहि फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बाको बायोपिक फिल्म ‘अन्जिला’ प्रचार प्रसारको लागि निर्देशक मिलन चाम्स एक्लै मोफसलमा निस्केका छन् । सोमबार चितवन आएका निर्देशक चाम्स चलचित्रका कलाकार अन्य फिल्को सुटिंगमा बिजी हुदा उनि एक्लै भए पनि फिल्मको प्रचारको लागि चितवन आएका हुन् ।

कपडाको डल्लो बनाएर फुटबल खेल्न थालेदेखि राष्ट्रिय महिला फुटबल टिमको कप्तान हुँदासम्म अन्जिलाले भोग्नु परेको दुःख र संघर्षलाई फिल्ममा देखाइएको छ । फिल्ममा स्वयं अन्जिलाले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

यो फिल्म कप्तान अन्जिलाले भोगेका घटना र संघर्षको कथा भएको फिल्मका निर्देशक मिलन चाम्सले बताए । चलचित्र पत्रकार संघ चितवनको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक चाम्सले फिल्ममा करिब ९० प्रतिशत दृश्य अन्जिलाले भोगेका घटना र संघर्ष रहेको बताए ।

खेलप्रेमी दर्शक र खेलाडीहरुले फिल्म ‘अन्जिला’ छुटाउनै नहुने उनी बताउँछन् । ‘यो फिल्म सफल भएमा खेलसम्बन्धी अन्य फिल्म बनाउन फिल्मकर्मीहरु उत्साहित हुनेछन् । भारतमा धेरै बायोपिक फिल्म सफल भएका छन्, नेपालमा भने बायोपिक फिल्महरु नगन्य छन्’, उनले भने । यद्यपि, फिल्म सफल हुने/नहुने भन्ने कुरा उसको भाग्यमा भर पर्ने उनले बताए ।

यो फिल्म बनाउने क्रममा फुटबलको विषयमा आफूले धेरै अध्ययन गरेको उनको भनाइ छ । ‘अन्जिलाले भोगेका धेरै कुराहरु हामीले फिल्ममा राख्न सकेनौँ । अन्तर्राष्ट्रियस्तरमा देशकै बेइज्जत हुने कुरालाई फिल्ममा राखेनौँ’, उनले भने । फिल्ममा राष्ट्रिय महिला टिमका अन्य खेलाडीहरुलाई पनि देख्न सकिने उनी बताउँछन् । आफूले निर्देशन गरेको बायोपिक फिल्ममध्ये यो तेस्रो फिल्म भएको उनले सुनाए ।

प्रेमकुमार श्रेष्ठले निर्माण गरेको यो फिल्मको कथा यस थापाले लेखेका हुन् । केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा मुन लभ इन्टरटेनमेन्टको सहकार्य रहेको फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरूङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरू गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । पछिल्लो समय नेपालमा महिला फुटबलको क्रेज बढ्दो छ ।

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.