काठमाडौं , फागुन २८ – अनिल बुढा मगरको निर्देशन रहने चलचित्र ‘मितज्यू’ को प्रमुख कलाकारमा दयाहाङ राई र तेरिया मगर अनुबन्धित भएका छन्।निर्माण टिमले फेसबुकमार्फत अनुबन्ध सम्बन्धी जानकारी दिएको हो।
‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स-२०१४’ तथा सन् २०१७ को ‘झलक दिखला जा (सिजन ९)’ की विजेता समेत रहेकी तेरियाको यो डेब्यू चलचित्र हुनेछ।
निर्माण पक्षले दया र तेरियालाई एकसाथ अनुबन्ध गरिएको सार्वजनिक गरे पनि सिनेमामा उनीहरू जोडीका रूपमा रहने-नरहनेबारे कुनै जानकारी दिएको छैन।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुनेछ।चलचित्रका निर्माता जनक घर्तीमगर हुन्। चलचित्र ‘मितज्यू’ २०८२ को चैत्र २७ गतेबाट प्रदर्शन हुनेछ।
महेश राईको लेखन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्। चलचित्रलाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ।


